शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रघुनाथको फिल्ममा नाजिर

मङ्गलबार, २० असोज २०७७, १० : ३४
मङ्गलबार, २० असोज २०७७

काठमाडौँ – सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत छदैछ । तर फिल्मकर्मीहरु सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध छिट्टै हटाउने आशमा फिल्म निर्माणको धमाधम घोषणा गरिरहेका छन् ।

यस्तैमा संचारकर्मी रघुनाथ सापकोटाले पनि फिल्म निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक फिल्म निर्माण गरेका सापकोटाले अभिनेता नाजिर हुसेनलाई लिएर फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म अभिनयका लागि उनले अभिनेता नाजिरसँग आइतबार सम्झौता गरेका हुन् । 

फिल्मको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताए ।

नाजिरले पनि कथा मन परेकोले फिल्म अभिनयका लागि आफु राजी भएको बताए । सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने फिल्ममा नाजिरको अलवा अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् । 

कोरोनाको कहर केही सामान्य भएपछि नाम, कलाकार र प्राबिधिक सार्वजनिक गर्दै फिल्म मुर्हूतको कार्यक्रम पनि राख्ने योजना निर्माण युनिटको रहेको छ । 

आउँदो फागुनबाट छायांकनमा निस्कने बताइएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा छायाँकन हुनेछ । 

नाजिर यो कोरोनाको समयमा पनि अभिनयमा ब्यस्त कलाकार हुन् । उनले यो समय फिल्म भन्दा पनि म्युजिक भिडियो अभिनयमा बिताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप