शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन कोरियामा धाँधली भएको भन्दै दूतावासमा ज्ञापन

सोमबार, ०२ असोज २०७४, ११ : ४४
सोमबार, ०२ असोज २०७४

काठमाडौं–एनआरएन कोरियाको अधिबेशनमा ‘धाँधली भएको’ विषय नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन प्रक्रियामा अवैधानिक कार्य गरेको भन्दै असन्तुष्ट पक्षले दुतावासमा ज्ञापन पत्र बुझाएका छन् । 
असन्तुष्ट पक्षल गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति आधिकारीक रुपमा नेपालमा दर्ता भएको संस्थामा अवैधानिक किसिमबाट निर्वाचन गराइएको भन्दै छानविन गराउन माग गरेका छन्  । निर्वाचनमा पराजित अधिकांश उम्मेदवारहरु र पूर्व कार्यसमितिका पदाधिकारीले हस्ताक्षर गरि  दुतावासलाई बुझाईएको पत्रमा  षडयन्त्र गरिएको भन्दै कारवाहीको माग गरिएको छ ।
आफ्नो मागहरु यथासिघ्र पुरा हुनुपर्ने  महासचिवमा पराजित उम्मेदवार राजु थापाले बताए । निर्वाचन प्रणाली प्रति असन्तृष्ट रहेको पक्षले आफूहरुको मागलाई तुरुन्त सम्बोधन नभए कोरियाको स्थानीय अदालतमा जाने चेतावनी दिएका छन् । 
गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यालय र परराष्ट्र मन्त्रालयलाई असन्तुक्ष पक्षले पत्रलाई  बोधार्थ गरेका छन् । असन्तुष्ट पक्षले विधान अनुसार सदस्यहरु नभएको , निर्बाचन मण्डलले वास्ता नगरी जबर्जस्ती गरेको, बढि देखिएको मतको यथार्थ जानकारी नगराएको आरोप लगाएका छन् । 
एनआरएन केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक राजेश शमसेर राणाले पत्र आएको बताउदै छानविनको अधिकार क्षेत्रिय संयोजकमा रहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप