ad
केन्द्रीय संस्करण

प्रदेश ५ राजधानी विवाद: काँग्रेस र जसपाले पेस गरे संशोधन प्रस्ताव

person explore access_timeअसोज २०, २०७७ chat_bubble_outline0

बुटवल ।  प्रदेश ५ मा स्थायी राजधानीको विषयमा विवाद जारी रहेको छ । बुटवल कि दाङ भन्ने  पेचिलो बहस जारी रहेकै बेला सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरेपछि आज फेरि संशोधन प्रस्ताव परेको छ । स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका ४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको  छ  । काँग्रेसका रमा अर्याल र पुष्पा थरुनी, जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले ४ सांसदबाट ३ प्रस्ताव दर्ता भएको बताए ।

जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट र अगध मगरात राख्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन् ।  काँग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रताव दर्ता गराएकी छिन् ।

उनले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गरेकी छिन् ।

यता, प्रदेशसभामा कानुनमन्त्री कुलबहादुर केसीले दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा नाम लुम्बिनी राख्ने उल्लेख छ ।  भर्खरै प्रदेशसभा बैठक  सुरु भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.