शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाटा ट्राभल मार्टमा पाटा नेपाल च्याप्टरको सहभागिता

सोमबार, ०२ असोज २०७४, १३ : २४
सोमबार, ०२ असोज २०७४

काठमाडौं–पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्यमा पाटा ट्राभल मार्टको ४० र्औ संस्करण ‘नेपाल पेभिलियन’ मा सहभागिता जनाएको छ । 
मकाउ गभरमेन्ट टुरिजम् अफिसद्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१७ मा नेपालबाट विभिन्न हाटल तथा पर्यटन व्यवसायीले सहभागिता जनाएका छन् । 
यो म्मेलनमा नेपालवाट सोल्टी क्राउन प्लाजा, एस डि यू ट्राभल, साग्रिला होटल एण्ड रिसोर्ट, एक्सप्लोर हिमालया ट्रेकिङ्ग एण्ड एडभेन्चर, एसियन भृकुटी होलिडेज्, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, के जी एच गु्रप अफ होटल एण्ड रिसोर्ट र समिट होटल गरी ८ वटा निजी क्षेत्रका पर्यटन ब्यवसायीले भाग लिएका छन् ।  
पाटा ट्राभल मार्ट २०१७ मा विश्वभरीका ६६ गन्तब्यबाट कुल ११३१ सहभागिले सहभागिता जनाएको जनाइएको छ । जसमा २५२ वटा संस्था तथा कम्पनि र ३७ वटा गन्तब्यबाट ४ सय ६० विक्रेता सहभागि रहेको जनाइएको छ । यस्तै,  २८१ वटा संस्था तथा ५१ स्रोत बजारबाट कुल २९३ क्रेताबीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन छलफल भएको जनाइएको छ । 
पाटाले नेपाल, हङकङ्ग, मकाउ, सिंङ्गापुर, चाईना, ग्वाम तथा क्यानडा गरी करीव १५ वटा मुलुकबाट ३७ जना युवा पर्यटन प्रोफेशनलहलाई समेत मकाउ आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै गेट कलेजमा अध्यनरत विमोज प्रधान र नाथम कलेजका विनोद खड्काले पाटा तथा मकाउ स्थित ईन्स्ट्च्यिूट फर टुरिजम स्टडिज को प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप