बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक खाली पेटमा गर्नुहोस् यो एउटा काम, यी पाँच तरिकाले पुग्नेछ फाइदा

सोमबार, ०२ असोज २०७४, १३ : ३१
सोमबार, ०२ असोज २०७४

जुन खानामा एसिडको मात्रा धेरै हुन्छ त्यसलाई यदि खाली पेट खाए एसिडिटीजस्ता स्वास्थ्य समस्या हुनसक्छ । त्यसकारण ग्रेटर कैलाश हस्पिटलकी चिफ डाइटिशियन डा. विनिता जयसवाल बिहान खाली पेटमा यस्तो खानेकुरा खाने सल्लाह दिन्छिन् जो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यीमध्ये बदाम (एल्मोन्ड)लाई निकै स्वस्थकर मानिन्छ । भिजाएको बदामलाई दैनिक सेवन गर्दाका पाँच फाइदाबारे जानकारी दिइएको छ ।

किन खाने ?

बदामको बोक्रामा टेनिन हुन्छ जसले यसको पौष्टिक तत्वलाई शरिरमा अवशोषित हुनबाट रोक्ने गर्दछ । भिजाउँदा बदामको बोक्रा सजिलै निस्कने गर्दछ र यसको पौष्टिक तत्व शरिरले निकै राम्रो तरिकाले पाउने गर्दछ । त्यसकारण डाइट एक्सपर्ट भिजाएको बदाम खाने सल्लाह दिन्छन् ।

बदामका फाइदाः

बदाममा आइरन, क्याल्सियम, फस्फरोस, भिटामिन ‘ई’, कार्बोहाइड्रेट, पोटासियम, म्याग्नेसियम हुन्छ । यसले शरिरलाई ताकत प्रदान गर्दछ । यसको दैनिक सेवन गर्दा विभिन्न रोगबाट बचाउने गर्दछ । डाइटिशियन शैलजा त्रिवेदीका अनुसार दैनिक पाँचवटा बदाम खाँदा फाइदा हुन्छ ।

बदाम खाँदा हुन्छन् यी फाइदाः

१. बदामले कमजोरी भगाउँछः

यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी हटाउँछ । सय ग्राम बदाममा कार्बोहाइड्रेटको मात्रा १९.७४ ग्राम हुन्छ ।

२. मांसपेशी बलियो हुन्छः

भिजाएको बदाममा प्रोटिन हुन्छ जसले मांसपेशी बलियो हुन्छ । सय ग्राम बदाममा प्रोटिनः २१.२६ ग्राम

३. बदामले मुटुरोगबाट बचाउँछः

यसमा पोटासियम हुन्छ । यसले मुटुरोगबाट जोगाउँछ । सय ग्राम बदाममा पोटासियमः ७२८ मिग्रा

४. हड्डी बलियो बनाउँछः

बदाममा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ । सय ग्राम बदाममा क्याल्सियमः २६४ मिग्रा

५. बदाम खाँदा पाचन क्रिया बलियो हुन्छः

यसमा फाइबर्स हुन्छ । यसले कब्जियत हुँदैन । पाचन क्रिया बलियो हुन्छ । सय ग्राम बदाममा फाइबर्सः ११.८ ग्राम

बदाम खानुपूर्व यी कुरामा ध्यान दिनुहोस्ः

बदाम यदि हल्का कडा छ भने त्यो नखानुहोस् । यसमा हाइड्रोसायनिक एसिड हुन्छ । यसले स्वासप्रश्वासमा समस्या निम्त्याउँछन् । यसमा अक्जेलेट हुन्छ । जसलाई मृगौलाको समस्या छ, त्यस्ता व्यक्तिले बदाम नखानुहोस् । यो खाँदा समस्या थप बल्झिन सक्छ ।

बदामले कसरी कमजोरी हटाउँछ ?

भिजाएको बदाममा गुड कार्ब्स हुन्छ । जो व्यक्ति धेरैजसो समय कमजोरी महसुस गर्छन् भने उनीहरुले दैनिक बदाम खानुपर्छ । यसको सेवनले भरपूर ऊर्जा प्राप्त हुन्छ ।

कसरी मांसपेशी बलियो बनाउँछ ?

जो व्यक्ति आफ्नो मांसपेशी बलियो बनाउन चाहन्छन् उनीहरुले दैनिक बदाम खानुपर्ने हुन्छ । बदाममा प्रोटिनका साथै क्याल्सियम, फोस्फरस हु
न्छ । यो हड्डीका लागि पनि फाइदाजनक हुन्छ ।

मुटुरोगबाट कसरी जोगाउँछ ?

बदाममा पोटासियम, म्गाग्नेसियमजस्ता पौष्टिक तत्व पाइन्छ । यी तत्वले मुटुरोगबाट जोगाउँछ । जो व्यक्तिलाई रक्तचापको समस्या छ, उनीहरुले दैनिक बदाम खाँदा फाइदाजनक मानिन्छ ।

हड्डीलाई कसरी बलियो बनाउँछ ?

यसमा क्याल्सियम, फस्फरसजस्ता पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, मांसपेशी र दाँत बलियो बनाउँछ । जसलाई गाँठागुठी, अर्थराइटिस छ उनीहरुले पनि दैनिक बदाम खानुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप