शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षातको पानी सोस्ने चीनको ‘स्पन्ज सिटी’

सोमबार, ०२ असोज २०७४, १४ : २०
सोमबार, ०२ असोज २०७४

असित के विश्वास, क्रिस हार्टले
 

बेइजिङ । एसियाली शहरहरु तीव्र गतिमा बढिरहेको शहरी बसाईसराईलाई व्यवस्थापन गर्न संर्घषरत रहेको छ । र, विकासका कामले बाढीको खतरा रहेको क्षेत्र अतिक्रमण भइरहेका छन् ।

हालै मात्र अनियमित विकासको कारण मुम्बाई जलमग्न बनेको थियो भने भारत, नेपाल र बंगादेशमा जथाभावी रुपमा निर्माण गरिएका आवासीय क्षेत्र बाढीबाट प्रभावित बनेका थिए ।

यो प्रवृति विकासशील मुलुकमात्र सीमित छैन । अमेरिकाको हाउस्टन शहरको बाढी वातावरणीयरुपमा संवदेनशील र कम उचाई भएको क्षेत्रमा गरिएको विकासको नतिजा थियो । 

सन् २०१२ मा बेइजिङमा आएको बाढीले सहरको यातायात व्यवस्थालाई अस्तव्यस्त बनाएको थियो । त्यस्तै, सन् २०१६ मा वुहान, नान्जिङ र तियान्जिन शहरका जलनिकासको व्यवस्थाले बाढी रोक्न असमर्थ बनेका थिए ।

चुनौतीहरु प्रष्ट छन् ।      

जमिनमूनीको पानीको अतिनिष्कर्षण, पानीको प्राकृतिक बाटोको क्षय र शहरी बाढीले चीनका शहरहरुलाई खतरनाक चक्र सम्बोधन गर्न बाध्य पारिरहेको छ । तीव्ररुपमा बढिरहेको शहरीकरण र पानी नछिर्ने तत्वहरुको प्रयोगले माटोलाई वर्षात्को पानी सोस्न रोकिरहेको छ । त्यसमाथि त्यसलाई नियन्त्रण गर्न थप भौतिक निर्माण गर्दा प्राकृतिक प्रक्रिया प्रभावित भइरहेको छ र बाढीको क्षति झन् खराब हुँदै गइरहेको छ ।

यो समस्याको समाधान गर्न भन्दै चीनले ‘स्पोन्जी शहरको पहल’ अघि सारेको छ  । यसमा पानी छिर्न सक्ने सतहको प्रयोगदेखि हरित पूर्वाधारहरुको निर्माण समावेश रहेको छ ।

यद्यपि, यो पहलका दुई चुनौतीहरु छन्, पहिलो स्थानीय सरकारसँग यो जटिल क्रियाकलाप समन्वय गर्ने विज्ञताको कमी र आर्थिक सीमा ।

अवधारणा
बाढीलाई रोक्न इन्जिनियरिङ समाधान सबैभन्दा बढी प्रयोग हुने गरेको छ । तर, शहरले बाढीको चुनौतीलाई सजिलै कुनै पाइप लगाएर कम गर्न भने सक्दैनन् ।

यो विषयलाई सम्बोधन गर्न चीनको ‘स्पोन्जी शहरको पहल’ ले महत्वाकांक्षी लक्ष्य लिएको छ – सन् २०२० सम्ममा शहरी क्षेत्रको ८० प्रतिशत वर्षातको सोस्ने र ७० प्रतिशत पुनः प्रयोग गर्ने ।

सन् २०१५ मा १६ वटा शुरु गरिएको यो पहलमा ठूलो क्षेत्रफलमा वर्षातको पानीलाई सोस्ने क्षमता बृद्धि गर्ने र पानी बहावको तीव्रतालाई न्यूनीकरण गर्ने प्रयास गरिएको छ । यसरी पानी सोस्ने क्षमताबृद्धि भएपछि जमिनमूनीको पानीको उपलब्धता पनि बढ्नेछ । यसले बाढीको सम्भावना कम मात्र गर्दैन, शहरी क्षेत्रमा पानी वितरणको समस्यालाई हल गर्नेछ ।

यो पहल उत्तर अमेरिकमा रहेको लो–इम्प्याक्ट डेभेलप्मेन्ट (एलआइडी) सँग मिल्दोजुल्दो छ । अमेरिकाको वातावरण संरक्षण एजेन्सी (इपीए) का अनुसार त्यहाँ प्राकृतिक प्रक्रियालाई नक्कल गरेर पानीको गुणलाई संरक्षण गरिन्छ ।

संघाईको पुडोङ डिस्ट्रिक्टमा रहेको लिङआङ शहरमा स्पोन्ज सिटीको उदाहरण देख्न सकिन्छ । त्यहाँ भवनको क्षतमा बनस्पति, पानी भण्डारणका लागि प्राकृतिक तालहरु, बढी पानीलाई भण्डार गर्न सक्ने फुटपाथ र त्यसलाई बाफ बनाउन दिने जस्ता विशेषताहरु पाउन सकिन्छ ।

चीनको सबैभन्दा ठूलो स्पोन्ज सिटी बन्न लिङयाङ शहरको सरकारले ११.९ करोड डलर लगानी गरेको छ । चिनियाँ शहरहरुले यसका लागि उल्लेख्य पहल गरिरहेको छ । शहरमा हरित क्षेत्र बढाउन संघाईले सन् २०१६ को शुरुवातमा नै ४ लाख वर्ग मिटरमा घरको क्षतमा उद्यान बनाउने घोषणा गरेको थियो । सियामेन र वुहानमा स्पोन्ज शहर परियोजनाले भारी वर्षातको दौरान राम्रो काम गरिरहेको छ ।

नीति र बजेटमा सुधार
स्पोन्जी शहरको पहलका लागि विस्तृत र निरन्तर प्रयास चाहिन्छ, प्रभावशाली वातावरणीय शासन पनि आवश्यक हुन्छ । कमजोर नियमन र कारवाही सबैको चिन्ताको विषय बनेको छ । त्यस्तै, बजेट पनि यसका लागि ठूलो चुनौती हो । हालसम्म स्पोन्ज सिटी प्रोजेक्टका लागि १२ अर्ब डलरभन्दा बढी खर्च भइरहेको छ । केन्द्र सरकारले खर्चको १५ देखि २० प्रतिशत खर्च बेहोर्दै छ, बाँकी खर्च स्थानीय सरकार र निजी क्षेत्रले बेहोर्छ ।

बढ्दो ऋण, आर्थिक सुधारका कार्यक्रम, अस्थिर पूँजीबजार आदिले यो पहललाई अप्ठ्यारो खडा गरिरहेको छ । यसका लागि सरकारले लगानीका लागि प्रोत्साहन गर्ने, करमा छुट दिने, परियोजनाको पारदर्शिता राम्रो बनाउने र ऋण बजारलाई खकुलो बनाउन जरुरी देखिन्छ । त्यो नभएसम्म यो पहलले अन्य सहज पूर्वाधारहरुसँग प्रतिस्पर्धा गरिरहनुपर्छ । जुन ठूलो चुनौती हो ।

पछिल्लो समय यस्ता पहलहरु चीनमात्र नभएर अमेरिका, सिंगापुर र नेदरल्याण्डमा पनि शुरु भएको छ ।

सिएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप