शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँका मुस्लिम मतदाताले दोस्रो पटक मात्र मतपत्र हेर्न पाए !

सोमबार, ०२ असोज २०७४, १५ : १३
सोमबार, ०२ असोज २०७४

 
रौतहट – तेस्रो चरणको चुनाव अन्तगर्त दुई नम्बर प्रदेश अर्थात तराई–मधेशमा आज स्थानीय तहको चुनावमा मतदान भयो । २० वर्षपछि भएको स्थानीय तहको चुनावमा भाग लिएपछि मतदाता उत्साहित भए ।
 
प्रदेश नम्बर दुईका अन्य जिल्लामा जस्तै रौतहटमा पनि चुनावी रौनक थियो । विशेष गरेर, राजपुर नगरपालिका मतदाता झनै खुशी देखिए । किनभने अधिकांश मतदाताले मतदान गर्ने अधिकार पाएदेखि दोस्रो पटक मतपत्र देखेका थिए । यहाँका धेरै मतदाताले खिलराज रेग्मीले २०७० मा गराएको संविधानसभाको दोस्रो चुनावमा मात्र पहिलो पटक मत खसाउन पाएको बताएका थिए ।
 
भदौ अन्तिम साता रातोपाटी राजापुर पुग्दा त्यहाँका मतदाताले हामीसँग यसपाली पनि भोट हाल्न पाइने आशा व्यक्त गरेका थिए । हामीसँग कुराकानी गरेका धेरै मतदाताले २०७० को संविधानसभा चुनावअघि राजपुरकाका अधिकांश मतदाताले कहिल्यै मत खसाउन नपाएको बताएका थिए ।
 
मुस्लिम बाहुल्य क्षेत्र रहेको सो राजपुर अहिले नगरपालिका भएको छ । नौवटा वडा रहेको त्यहाँ २७ हजार नौ ८४ मतदाता रहेका छन् । त्यसमध्ये २० हजार मत मुस्लिम समूदायको रहेको छ ।

 
काँग्रेस नेता अफताव आलमको घरसमेत रहेको सो नगरपालिकामा यसअघि काँग्रेसका कार्यकर्ताले अरु मतदाताको मतपत्र खोसेर मत खसाल्ने गरेको स्थानीय दरख सिद्ध मौलानाले आरोप लगाएका थिए । चुनाव अगाडि हामी त्यहाँ पुग्दा धेरै मतदाताले अहिलेको चुनावमा पनि मत खसाल्न पाइने आशा गरेका थिए ।
 
२०७० को चुनाव अगाडिसम्म त्यहाँ काँग्रेस कार्यकर्ताले ‘तपाईंहरुले दुःख गर्न पर्दैन, तपाईंहरुले भनेकै ठाँउमा भोट खस्छ’ भन्दै धेरै मतदाताको मत आफै हान्ने गरेको गाउँलेको गुनासो थियो । जव २०७० मा त्यहाँ धेरै मतदाताले आफै भोेट खसाले, नतिजा पनि बदलियो । काँग्रेस नेता अफताव आलमले हार खाए । मुस्ताक आलम, जो लोकतान्त्रिक पार्टीका नेता हुन्, उनले सांसदमा जिते ।
 
२०७० अगाडिको चुनावमा काँग्रेस नेता अफताव आलमका कार्यकर्ता गाउँ–गाउँ गएर मतदातालाई सोध्ने गर्थे, ‘मत खसाउन जाने हो कि होइन ?’ अनि मतदाताले ‘जाने हो’ भनेपछि अर्को प्रश्न हुन्थ्यो, ‘के मा मत खसाउने हो ?’ मतदाताले ‘काँग्रेसमा’ उनका कार्यकर्ता भन्थे, ‘जानुपर्दैन किन दुख गर्ने, हामी मिलाउँछौँ ।’ गाउँको चिया पसलमा बसेर मतदाताले हामीलाई यस्तो सुनाएका थिए ।
 
‘यो एकपटक होइन, पटक–पटक नै भएको थियो’ चुनाव अगाडि राजपुर चौकमा भेटिएका समसुल हकले भन्दै थिए, ‘यो त परम्परा जस्तै भएको थियो, चुनाव आउँदा हामीमा कुनै उमङ्ग हुँदैन्थ्यो । हामीले मत खसाल्न पाउँदैन्थ्यौँ । तर खिलराज रेग्मीले मतदान गराउँदा हामी सबैले मत खसाल्न पाएका थियौैं ।’
 
रौतहटको क्षेत्र नं. २ जहिले पनि अफताव आलम जित्थे । जब त्यहाँका उम्मेदवारले मत खसाउन पाए, अनि अफताव आलम हारे । आलमभन्दा पहिले पनि उनकै परिवारमध्येका कोही नकोही चुनाव जित्ने गरेका हुन्थे ।
 
अफताव आलमका हजुरवुवा ल्याकत अलि २०१७ सालमा त्यहाँबाट चुनाव जितेका थिए । त्यसपछि अरु कसैले मौका नै पाएका थिएनन् । त्यसपछि अफताव आलमका बुवा शेख इदरिसले लगातार चुनाव जितेका थिए । इदरिस राजनीति छाडेपछि अफताव आलमल पनि लगातार जित्दै आइरहेका थिए ।
 
यिनीहरु सबै मुसलमानको मतबाट जित्दै आएका थिए । मुस्लिम मतदाताले आफै मतदान गर्न जान पाए अनि अफताव आलमको विरासत अन्त्य भयो । नेपाल लोकतान्त्रिक फोरम नेपालका नेता मुस्ताक आलमलाई जिते ।
 
मतदाता बसिर खानले भने मुस्लिमको हकहितमा काम नगरेको कारण अफताव आलमलाई हराएको बताए । उनले भने, ‘एकपटक सचेत गराउनु आवश्यक पनि थियो, लगातार जितायो भने मातिन सक्छ ।’
 
राजपुर नगरपालिकामा आफताब आलमका भतिजा शेख सकिलले मेयरमा उम्मेदवारी दिएका छन् । अर्कोतिर सांसद मुस्ताक आलमका छोरा जइद आलमले उम्मेदवारी दिएका छन् । यी दुई उम्मेदवारको बीचमा टक्कर रहेको छ ।
 
मतदाताहरु आफै मतदानस्थलमा गएर आफै छाप लगाई मतदान गरेको कारण यी दुई उम्मेदवारमध्ये को जित्छन् त्यो परिणाम आएपछि मात्र थाहा हुन्छ ।
 
तर, अफताव आलम भन्छन्, ‘राजपुर नगरपालिकामा काँग्रेसको जित सुनिश्चित छ, राजपुर नगरपालिकामा मात्र होइन, रौतहट जिल्लामा नै काँग्रेस एक नम्बरको पार्टी हुने दावी गरेका छन् ।’
 
मतदाताले तपाईको कार्यकालमा मतपत्र नै हेर्न नपाएको गुनासो गरेका छन् ? यो जिज्ञासामा उनले, ‘यो राजनीतिक पूर्वाग्रही विषय हो । विपक्षिले ममाथि लगाएको आरोप मात्र हो ।’
 
अफताव आलमले २०७० सालको संविधानसभा चुनाव १० हजार ४०५ मत ल्याएर पराजित भएका थिए भने पहिलो संविधानसभा चुनावमा १६ हजार ८०१ मत ल्याएर विजय भएका थिए ।   रौतहटमा तीनलाख २१ हजार १८ मतदाता रहेका छन् ।
 
राजापुरका बासिन्दाले अव प्रदेश र संघीय चुनावमा पनि आफै मत हाल्न चाहेका छन् । 

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

२० तस्बिरमा हेर्नुहोस् २ नम्बर प्रदेशको मतदान

भोट हाल्न नगई काठमाडौंमै बसे महन्थ ठाकुर

प्रदेश नम्बर दुईको निर्वाचनमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान

११६ वर्षका भैरवबहादुरले हाले भोट, ११० वर्षकी बिनाले पनि खसालिन् भोट

१० तस्बिरमा हेर्नुहोस् २ नम्बर प्रदेशको मतदान

दुई मन्त्रीद्वारा मतदान , एक स्थानमा तनाव

मन्त्री मन्सुरले गरे मतदान

सिरहामा यसरी हुँदैछ निर्वाचन

प्रदेश नम्बर २ मा मतदान सुरु : मतदाता बिहानैदेखि लाइनमा

राजविराज १५ नम्बर वडामा ५ गते निर्वाचन हुने

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

पर्सामा मतदान शान्तिपूर्ण

धनुषामा कांग्रेस नेता निधिले गरे मतदान

मधेसको आकाशमा सेनाको हेलिकप्टर : कडा सुरक्षाबीच निर्वाचन

मतदानपछि प्रमुख निर्वाचन आयुक्तको यस्तो आयो प्रतिक्रिया

राजेन्द्र महतोले गरे मतदान

सर्लाहीमा अमरेशको पीएसओले गोली चलाए

मधेशवादी दलले संविधानलाई स्वीकार गरे कि उपयोग मात्र ?

चुनावमा बालबालिका प्रयोगको होडवाजी : एक नम्बरमा कांग्रेस, पछ्याउदै माओवादी

ओलीको दादागिरी : निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै बेलगाम अभिव्यक्ति

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप