बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा ओपोद्वारा ए ७१ सार्वजनिक

सोमबार, ०२ असोज २०७४, १८ : २५
सोमबार, ०२ असोज २०७४

काठमाडौं –स्मार्टफोन ब्राण्डका रुपमा परिचित ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए ७१ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्स सहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त फोन कम्पनीले मितब्बयी मूल्य श्रेणीमा सार्वजनिक गरेको बताएको छ । 

ओक्टा–कोर सीपीयू, ३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० निर्धारण गरेको छ । नेपाली बजारमा रहेका प्रमुख विक्रि केन्द्र मार्फत फोनको गोल्ड कलर भर्जन सर्वत्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


ओक्टा कोर प्रोशेसर र प्रयोगमैत्री अनुभव प्रदान गर्न केर्नल फञ्सन्सका साथै ओपो ए७१को फ्रण्ट क्यामेरामा ओप्पोको आधार मानिने फोटोग्राफी प्रविधि, ब्यूटीफाई फोर सहित जीवन्त तस्विर खिच्न परिस्कृत रियर क्यामेरापनि उपलब्ध गरिएको जनाइएको छ । साथै, फोनमा प्रयोग गरिएको पातलो मेटालिक यूनी बडीले ओपो ए ७१ लाई निकै आकर्षक लुक्स प्रदान गरेको जनाइएको छ ।


‘हाम्रा मिड रेञ्ज्ड उत्पादनका उपभोक्ता समुहमा नयाँ फोनले अत्यधिक खुशी प्रदान गर्ने हामीले विश्वास लिएका छौँ, अत्याधुनिक प्रविधिहरुका साथै फोनमा हामीले ओपो सेल्फीलाई पनि निरन्तर्ता दिएका छौँ,’ नयाँ फोन ए ७१ का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘सदा झैँ यस फोनलाई पनि उपभोक्ता मार्फत उत्तिकै माया प्राप्त हुने हामीले आशा लिएका छौँ ।’


ओपो ए ७१ मा कम्पनीले तिब्र कार्य सम्पादनका लागि ओक्टा–कोर सीपीयू र तीन जीबी ¥याम जडान गरेको छ । यसमा रहेको ६४ बिट ओक्टा कोर सीपीयूले सहज मल्टिटास्किङका साथै विभिन्न एप विच स्विच गर्दा सहजता समेत प्रदान गर्ने जनाइएको छ । फोनको १६ जीबी आन्तरिक सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्म बढाउन सकिने र यसमा ३ हजार एमएएच क्षमताको तिब्र गतिमा चार्ज हुने ब्याट्रीपनि उपलब्ध गरिएको जनाइएको छ । 

ओपो ए७१मा ५ दशमलव २ ईञ्चको स्क्रिन उपलब्ध गरिएको छ । ५ मेगापिक्सेल क्षमता भएको क्यमोरा जडान गरिएको छ भने फोनमा रहेको १३ मेगापिक्सेल क्षमताको रियर क्यामेरामा मल्टि–फ्रेम डिनोइजिङ प्रविधि उपलब्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप