शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआइसी एशिया बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट बीच जानबी कोर्ष संचालन सम्झौता

सोमबार, ०२ असोज २०७४, २० : ३२
सोमबार, ०२ असोज २०७४

कठमाडौं – एनआईसी एशिया बैंक लि. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि.  बिच जानबी कोर्स संचालन बारेमा आज सोमबार सम्झौता भएको छ ।

 बैंकले सिकाई र विकासका कृयाकलापलाई थप गतिशिलता प्रदान गर्नको लागि  एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको जनाएको छ । बैंकिङ इन्डष्ट्रमा नै आफ्नो छुट्टै पहिचान रहेको एन आई सी एशिया बैंक लिमिटेड देशकै नम्बर एक ब्राण्डको रुपमा आफुलाई स्थापित गर्ने महत्वकांक्षी लक्ष्यका साथ अगाडि बढीरहेका जनाइएको छ ।

 साथै निकट भविष्यमा नै सिकाई र विकासका कृयाकलापलाई थप उचाइमा पुर्उनको लागि सिकाईको स्थापना गरि बैंकिङ सम्बन्धि सम्पुर्ण कार्यक्रम संचालन गन लक्ष्य लिइएको बैंकले जनाएको छ । 

यस सम्झौता अनुसार बैंकले ३ सय ८८ जना कर्मचारीहरुलाई जानबी कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जानबी कोर्ष गराउने पहिलो बैंक नै एन आई सी एशिया बैंक हो । यस सम्झौता अनुरुप बैंकले, एनबीआईद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । जानबी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबिआईद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ ।

त्यस्ता परीक्षाहरु वर्षमा जुन र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्ने गरेको एनबिआईले जानकारी गराएको छ ।
त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३ सय४८ जना मात्रै जानबी सर्टिफाईड बैंकरहरु रहेको जानकरि समेत एनबिआईले गराएको छ । 

उक्त सम्भौतापत्रमा एन. आई. सी. एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने  र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप