बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थिप्पुमा भएको अन्तर्राष्ट्रिय ब्यापार मेलामा १ सय १२ नेपाली स्टल

सोमबार, ०२ असोज २०७४, २० : ४९
सोमबार, ०२ असोज २०७४

थिम्पु– भूटानको राजधानी थिम्पुस्थित चाङलिङमिथाङ्ग मैदानमा बिहिवारदेखि सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा १ सय २ वटा स्टल रहेका छन् । पाँच दिनसम्म चलेको मेला सोमवार सकिएको छ । मेलामा नेपालका तर्फबाट १ सय २ वटा स्टलहरुसहित भूटान, भारत र थाइल्याण्ड गरी चार देशका २ सय ३४ वटा विभिन्न स्टलहरु रहेका थिए । 

मेलामा ७० हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको भूटान उद्योग तथा बाणिज्य संघका महासचिव पूmप छिरिङ्गले बताए । मेलामा प्रदर्शन गरिएका सामाग्रीहरुले सहभागी मुलुकहरु र भूटानकै व्यवसायीहरुबीच सम्बन्ध विकास भइरहेको तथा “मेड ईन भूटान” थीममा यहाँका स्थानीय उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन भएको जनाइएको छ । 

मेलामा भारतको बोडोल्याण्ड, आसामका विभिन्न हस्तकला, तयारी पोशाक तथा बालबालिकाहरुकालागि खेलौनाको स्टलहरुसमेत रहेका थिए । कृषि प्रवद्र्धनमा केन्द्रित औजार देखि इसिमोडको सहयोगमा सञ्चालित परियोजनाका उत्पादनदेखि भूटानीहरुको दैनिकीमा आवश्यक मौलिक पूजाका सामाग्रीहरुको समेत स्टल राखिएको थियो । 

मेलामा स्टल राखेका भूटान बाणिज्य संघका सदस्य तासी याङ्गखिलकाअनुसार सबैभन्दा टाढा ४ दिनको यात्रा गर्नुपर्ने टासीयाङ्गसे गाउँका पनि स्टल रहेको थियो । 
 

भूटानमा नेपालीे व्यापारको सम्भावना

अन्य नेपाली वस्तुको भारतीय वस्तुसंँग प्रतिस्पर्धा रहे पनि धातुकलाको वस्तुमा भने मेलाको अन्तिम दिनपनि नेपाली एकछत्र रहेको थियो । मेलामा राजपरिवारका सदस्यहरु देखि महत्वपूर्ण ओहोदाका व्यक्तित्वहरु रिम्पोच्छे देखि भूटान उद्योग बाणिज्य संघका अध्यक्ष फूप जाम स्वयंले मूर्तिकला किनेका थिए । 

बुद्ध धर्मको प्रभाव, संस्कृति र धार्मिक परम्परामा समानताका कारण भुटानमा धातुकलाका मूर्तिको माग रहेको छ । ललितपुर उद्योग बाणिज्य संघ र भूटान उद्योग तथा बाणिज्य संघबीच भगिनी सम्बन्ध स्थापना भएदेखि नेपालबाट हस्तकलालगायत विविध सामग्री आयात गर्दै आइरहको छ ।

नेपालमा निर्मित धातुकलाका मूर्ति, लत्ताकपडा, गलैंचा, दैनिक उपभोग्य सामग्रीहरू निर्यातको भुटानमा माग पनि बढ्दो रहेको बताइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप