शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा कहिले हुन्छ मतगणना ? पर्सामा यस्तो छ मतगणनाको स्थिति

मङ्गलबार, ०३ असोज २०७४, ०८ : २४
मङ्गलबार, ०३ असोज २०७४

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको मतगणना गए रातिबाट सुरु भएको छ । 

बहुदरामाई नगरपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र कालिकामाइ गाउँपालिकामा मतगाणना जारी रहेको रातोपाटी संवाददाताले बताएका छन् ।

यसमध्ये ठोरी गाउँपालिकाको ३०० मत गणना गर्दासम्मको परिणाम यस्तो छ ।
अध्यक्ष
एमाले लालबाबु श्रेष्ठ : १३१
माओवादी केन्द्र पिएल श्रेष्ठ : १३०
कांग्रेस जरी लामा थिङ : २७

पटेर्वासुगौली गाउँपालिकाको मतगणनाको प्रारम्भिक नतिजा यस्तो छ 
एमाले : २२९
कांग्रेस : १५७
नेपाली जनता दल : १३६
संघीय समाजवादी : २६

अन्य ७ वटा स्थानीय तहमा सर्वदलीय बैठक र मतगणनाको तयारी भइरहेको बताइएको छ ।

वीरगञ्ज महानगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको थियो । तर र्निारित सयममा सर्वदलीय बैठक बस्न सकेको छैन । 

वीरगञ्ज महानगरपालिकाको मतगणना १२ बजेपछि सुरु हुने अनुमान गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप