शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – मार्टिन लुथर किङ जुनियरलाई नोबेल शान्ति पुरस्कार

बुधबार, २८ असोज २०७७, ०६ : १९
बुधबार, २८ असोज २०७७

आज १४ अक्टुबर । सन् १९६४ मा अमेरिकी मानवअधिकारवादी नेता डाक्टर मार्टिन लुथर किङलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । अमेरिकामा व्याप्त रंगभेद र असमानताविरुद्ध अहिंसावादी आन्दोलन गरेकाले उनलाई सम्मानित गरिएको थियो । अवार्ड जित्दा मार्टिन लुथर किङको उमेर केवल ३५ वर्ष थियो ।

एटलान्टामा सन् १९२९ मा मार्टिन लुथर किङको जन्म भएका थियो । उनले डिसेम्बर १९५५ मा अलाबामा राज्यको मान्टगोमेरीमा समान अधिकार माग गर्दै बस बहिष्कार अभियान थाले । अलाबामालगायत दक्षिणी अमेरिकाका धेरै राज्यमा यतिबेलासम्म रंगभेद कायम थियो । धारादेखि विद्यालय स्वेत र अस्वेतका लागि अलग ठाउँ छुट्टयाइएको थियो । सार्वजनिक बसमा बेग्लाबेग्लै सिट आरक्षित हुन्थ्यो । स्वेतहरुको सिट भरिएपछि उनीहरु अस्वेतका लागि आरक्षित सिटमा गएर बस्न पाउँथे र त्यस्तो अवस्थामा अस्वेतले सिट छाडिदिनुपर्ने नियम थियो ।

एकपटक स्वेतहरु बस्ने सिट भरिएपछि तीनजना स्वेत वर्णका व्यक्ति अस्वेतका लागि आरक्षित सिटमा बस्न आए । दुईजनाले सिट छाडिदिए । तर, रोजा पार्क नामकी महिलाले स्वेतका लागि आफु बसेको सिट छाड्न अस्विकार गरिन् । नतिजा, उनलाई पक्राउ गरियो ।

यसको चारदिनपछि ५ डिसेम्बरमा मार्टिन लुथर किङको अगुवाइमा बस बहिष्कार आन्दोलन सुरु भयो । यसलाई अमेरिकाको रंगभेदविरोधी पहिलो ठूलो जनसहभागितामुलक आन्दोलनका रुपमा लिइन्छ ।  २१ डिसेम्बर १९५६ मा छालाको रंगका आधारमा सिट विभाजन गर्ने व्यवस्था मन्टगोमेरीका बसहरुबाट हटेपछि ३ सय ८१ दिनसम्म चलेको आन्दोलन टुंगिएको थियो ।

भारतीय नेता महात्मा गान्धीबाट प्रभावित भएर मार्टिन लुथरले यस्तो आन्दोलन सुरु गरेका थिए । बस बहिष्कार आन्दोलनले उनको ख्यातिलाई निकै माथि पु¥याइदियो, यसपछि उनी रंगभेद गर्ने प्रयासमा थप दृढ भएर लागे ।

भाषणकलामा माहिर मार्टिन लुथ किङ निकै लोकप्रिय थिए, उनको आन्दोलनबाट अश्वेत मात्रै नभएर श्वेत युवाहरु पनि प्रभावित भए ।

१९६३ मा उनले वासिङटनमा मार्चपासको अगुवाइ गरे । यतिबेला उनले दिएको भाषण ‘आई ह्याभ अ ड्रिम’ विश्वमा अति प्रख्यात राजनीतिक भाषणहरुमध्ये पर्छ ।  १९६४ मा जनाधिकार आन्दोलनले दुई महत्त्वपूर्ण उपलब्धि हासिल ग¥यो – एक, अमरिकाको संविधानमा २४ औँ संशोधनमार्फत पोल ट्याक्सको व्यवस्था खारेज भयो । (त्यसअघि अमेरिकाको राष्ट्रिय चुनावमा भोट खसाल्नका लागि केही राज्यका नागरिकले कर तिनुपर्ने कानून थियो ।)

दोस्रो, जनाधिकार ऐन १९६४ ले रोजगारी र शिक्षामा रंगभेदमाथि प्रतिबन्ध लगायो, सार्वजनिक स्थलमा रंगभेदी विभाजनलाई अवैध ठहर ग¥यो ।

यही वर्ष अक्टुबरमा किङलाई नोबेल शान्ति पुरस्कार दिइयो । पुरस्कारबापत प्राप्त ५४ हजार ६ सय अमेरिकी डलर उनले जनाधिकार अभियानलाई दिने घोषणा गरे ।

६० को दशकको अन्त्यतिर किङले भियतनाममा अमेरिकी संलग्नताको खुलेयाम विरोध गरे, उनले गरिब अमेरिकीहरुलाई आर्थिक अधिकार दिलाउनका लागि संघर्ष थाले । १९६८ मा किङले वासिङटन अगाडि सबै वर्णका मानिसहरुको सहभागितामा ‘ गरिब जनताको मार्च’ आयोजना गर्ने मनसाय बनाएका थिए, तर यो प्रदर्शन सुरु हुनभन्दा केही साताअघि ४ अप्रिलमा टेनिस्सेस्थित मेम्फिसमा उनको हत्या भयो ।

अन्य घटनाक्रम

१९५६–  भारतीय नेता बिआर अम्बेडकर र उनका उनका ३ लाख ८५ हजार अनुयायीद्वारा बौद्ध धर्म मान्ने फैसला ।

१९५७–  स्पेनिस शहर भ्यालेन्सियामा आएको बाढीका कारण कम्तिमा ८१ जनाको मृत्यु ।

१९८२– अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनद्वारा ड्रग्सविरुद्ध युद्ध घोषणा ।

१९९४– प्यालेस्टाइनी नेता यासिर अराफात, इजरायली प्रधानमन्त्री यिट्जाक रबिन र सिमोन पेरेसलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार ।

२०१५– पाकिस्तानमा आत्मघाती बम हमलाका कारण कम्तिमा ७ व्यक्तिको मृत्यु, १३ जना घाइते ।

२०१७– सोमालियामा बम बिस्फोटका कारण ३ सय ५८ जनाको मृत्यु, ४ सयभन्दा धेरै घाइते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप