बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकालाई पोशाक वितरण

मङ्गलबार, ०३ असोज २०७४, ०९ : १८
मङ्गलबार, ०३ असोज २०७४

पाल्पा - रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित बालहित कल्याण समन्वय समितिले हालै बालबालिकालाई पोशाक वितरण गरेको छ । 

वडाको बालबालिका बजेटबाट चार विद्यालयका ४०० बालबालिकालाई सर्ट र पाइन्ट वितरण गरेको हो । कालिका मावि बगैँचा, छेउफान प्रावि, छेउफान, भैरव प्रावि बाँसडाँडा, जनकल्याण प्रावि, अँधेरीखोलाका विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव गणेश केसीले जानकारी दिए । 

बालबालिकालाई कपी, कलम, पेन्सिल समेत वितरण गरिएको समितिले जनायो । बालबालिकाको खेल क्षेत्रमा क्षमता अभिवृद्धि र खेल क्षेत्रमा आकर्षण बढाउनका लागि शारीरिक तथा बौद्धिक प्रतियोगिता सञ्चालन गरिएको हो । 

वडा कार्यालयले पोशाक, स्टेशनरी सामान, खेलकुदका लागि एक लाख ४८ हजार बजेट खर्चिएको समितिका अध्यक्ष कृष्णबहादुर अर्घालीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप