शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संजय दत्तका ६ प्रेम कहानी, के रेखासँग भागेर गरेका थिए विवाह ?

मङ्गलबार, ०३ असोज २०७४, ११ : ५७
मङ्गलबार, ०३ असोज २०७४

संजय दत्तको फिल्म ‘भूमि’ सेप्टेम्बर २२ तारिखमा रिलिज हुने तयारीमा छ । संजयको जीवन उतारचढावले भरिएको छ । लागुऔषध र हतियार राखेको आरोपसहित उनका प्रेमसम्बन्धले पनि अत्यधिक चर्चा बटुल्यो । संजय अहिले मान्यतासँग सफल वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर उनका थुप्रै नायिकासँग सम्बन्ध रहिसकेको छ जसमा रेखा पनि समावेश छिन् ।

संजयकी जेठी श्रीमती रिचा शर्मासँग उनको भेटघाट फिल्मको मुहुर्तमा भएको थियो । संजयले जबदेखि रिचाको तस्बिर स्थानीय म्यागजिनमा देखेका थिए तबदेखि उनी उनका प्रशंसक बनेका थिए । जब रिचा सन् १९८७ मा फिल्म ‘आग ही आग’ को सुटिङ गरिरहेका थिए तब संजयले उनलाई प्रेम प्रस्ताव राखेका थिए । रिचाले त्यतिबेला कुनै जवाफ दिइनन् । तर संजयले पटकपटक उनलाई जवाफ दिनका लागि फोन गरिरहन्थे । अन्त्यमा रिचाले उनको प्रस्ताव स्विकार गरिन् । दुबैले सन् १९८७ मा विवाह गरे । सन् १९८८ मा उनकी जेठी छोरी त्रिशालाको जन्म भयो । छोरी जन्मिएको दुई वर्षपछि उनलाई ब्रेन ट्यूमर भएको थाहा भयो । सन् १९९६ मा रिचाको निधन भयो ।

सन् १९९१ मा ‘साजन’ को सुटिङको क्रममा संजय दत्त र माधुरी दीक्षित नजिकिए । दुबैको प्रेम सम्बन्धबारे बलिउडमा चर्चा हुनथाल्यो । दुबै विवाह पनि गर्न चाहन्थे तर माधुरीका पिता उनीहरुको सम्बन्धको विरोधी थिए किनभने संजय दत्त त्यतिबेला विवाहित थिए र उनका एक छोरी पनि थिइन् । सन् १९९३ मा मुम्बई धमाकामा संजयको संलग्नताको खबर सार्वजनिक भएपछि माधुरी आफैं उनीबाट टाढा भएको बताइन्छ ।

रिचा शर्माको मृत्युपछि संजय भेट मोडल–समाजसेवी रिया पिल्लईसँग भयो । १३ महिना जेलको सजायँ काटिरहेका संजयसँग रिया नजिकिइन् । उनी संजयलाई भेट्न जेल पनि जाने गर्दथिन् । सन् १९९८ मा संजयले रियासँग विवाह गरे । यद्यपी, उक्त विवाह धेरै समयसम्म टिक्न सकेन र अन्त्यमा सन् २००५ मा दुबैले सम्बन्धविच्छेद गरे ।

सन् २००२ मा संजयको नाम उनको फिल्म ‘कांटे’ की को–स्टार नादिया दुर्रानीसँग पनि जोडियो । नादियाका कारण नै संजय र रियाको सम्बन्ध टुटेको बताइन्छ । तर उनीहरुको प्रेमसम्बन्ध पनि केही दिनसम्म मात्र टिक्न सक्यो ।

रिपोर्टका अनुसार संजय दत्त र लिजा रेको सम्बन्ध पनि केही सयमका लागि चलेको थियो ।

संजय दत्त र रेखा सन् १९८४ मा फिल्म ‘जमिन आसमान’ को सुटिङ गरिरहेका थिए । त्यतिबेला उनीहरुको प्रेम सम्बन्धबारे पनि चर्चा चलेको थियो । त्यतिबेला रेखाको नाम अमिताभ बच्चनसँग पनि जोडिएको थियो । त्यतिबेला रेखा र संजयले विवाह गरिसकेको र दुबैजना शहरबाट बाहिर गएको खबरको चर्चा सर्वत्र थियो । अमिताभलाई जलाउनका लागि रेखाले संजयसँग सम्बन्ध स्थापित गरेको अफवाह पनि चलेको थियो ।

संजय दत्त जतिबेला नादियालाई डेट गरिरहेका थिए त्यतिबेला उनी जूनियर आर्टिस्ट दिलनवाज शेख (मान्यता) लाई पनि रुचाउँथे । संजयले मान्यता र नादियामा जमिन– आकाशको अन्तर पाए । नादियालाई विलासी जीवन मनपर्दथ्यो भने मान्यता साधारण महिला थिइन् । संजयलाई मान्यताको त्यही सरलता मनपर्यो र दुई वर्षको अफेयरपछि सन् २००८ मा उनीहरुले विवाह गरे । सन् २०१० मा उनीहरुको जुम्ल्याहा सन्तान शाहरान र इकराको जन्म भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप