शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काङ्ग्रेसले पनि सिरहामा खाता खाल्यो

मङ्गलबार, ०३ असोज २०७४, १२ : ३३
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । लहान नगारपालिकाको २ नम्बर वडामा नेपाली काङ्ग्रेसका वडाअध्यक्ष सियाराम यादवको प्यानल विजयी भएको छ । 

औपचारिक मत परिणाम सार्वजनिक नभए पनि विजय भएको खुसियालीमा नेपाली काङ्ग्रेसले विजय जुलुस निकालेको छ ।

यस अघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानल विजयी भएको थियो । निर्वाचन अधिकृत शुवर्णमान बनेपालीका अनुसार कर्जन्हा नगरपालिकामा नेकपा माओवादीको अग्रता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप