शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनको आठौं विश्व सम्मेलनमा अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा उम्मेद्वारी दिने

मङ्गलबार, ०३ असोज २०७४, १२ : ३८
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा अर्जुन कुमार श्रेष्ठले महासचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । राष्ट्रिय समन्वय परिषद बेल्जियमले सोमबार गरेको  कार्यक्रमबाट श्रेष्ठले उमेद्वारी घोषणा गरेका हुन् । 

श्रेष्ठले बर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी निर्बाह गरिसकेका छन् । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा लागि अनुभव र सिपलाई उपयोग गर्न आठौँ अन्तर्रा्ष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिने उनले बताएका छन् । 

गैर आवासीय नेपाली संघमा सन् २००९ देखि आवद्ध भएका थिए ।  श्रेष्ठले दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा रहेर काम गरेका थिए भने  २०१३ देखि २०१५सम्म  युरोप क्षेत्रको संयोजक बनेर जिम्मेवारी निर्वाह गरेका थिए । 
बेल्जियममा डेढ दशक रहेका श्रेष्ठ होटल व्यवसायी ब्यबसायी हुन् । बेल्जियमको पर्यटकीय तथा औधोगिक शहर अन्त्वेर्पेनमा श्रेष्ठले होटल व्यवसाय गरिरहेका छन् । 

श्रेष्ठ आबद्ध बिपीए समुहले निक्लासमा  होटल संचालन गरिरहेका छ । श्रेष्ठ आवद्ध समुहको न्यु फ्ल्नान्दर होटेल बेल्जियममा नेपालीहरुको लगानीमा संचालन गरेको पहिलो तिन तारे होटल मानिन्छ । 

असौज २८ देखि ३१ सम्म काठमाडौंमा आयोजना गरिएको आठौं विश्व सम्मेलनका लागि गत शनिबार अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् भने बर्तमान महासचिव डा. बद्रि केसीले पुनः महासचिवमा आकांक्षा देखाएका छन् । त्यस्तै हङकङबाट त्रिलोक गुरुङले पनि महासचिवका लागि उम्मेदवारी घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप