शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखापत्रले नै नेपालको नक्सा गलत छापेपछि......

मङ्गलबार, ०३ असोज २०७४, १३ : ३७
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौ– सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकले नै नेपालको गलत नक्सा छापेपछि नापी बिभागले गम्भिर आपत्ति जनाएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै आधिकारिक नक्सा मात्र छाप्न अनुरोध समेत गरेको छ । 

देशको नक्साले सार्वभौम सत्ता र राष्ट्रिय भावनालाई प्रतिविम्बित गर्ने भएकाले आफ्नो देशको नक्सा छाप्दा नापी विभागले जारी गरेको नक्सामात्र छाप्न सवैलाई आग्रह गरेको छ । 

गोरखापत्र दैनिकले सोमबार विचार पृष्ठमा छापेको नेपालको नक्सा त्रुटिपूर्ण रहेको नापी विभागको दावी छ । 

‘गोरखापत्रको असोज २ अंकको पृष्ठ ६ मा प्रधानमन्त्रीको तस्विरसँग छापिएको नक्सामा हामीले दाबी गर्दै आएको कालापानी नै छैन,’ विभागका सूचना अधिकारी अनिल मरासीनीले भने, ‘सरकारी सञ्चारमाध्यमले नै यसरी गलत नक्सा छापेपछि हाम्रो ध्यानाकर्षण भएको छ ।’

विभागका सूचना अधिकारी अनिल मरासीनीले यसरी गलत र अनाधिकृत नक्सा सम्प्रेषित गर्ने व्यक्ति वा संघसंस्थालाई जग्गा नापजाँच ऐन २०१९ बमोजिम कारबाही हुने बताए । 

विभागले विभागअन्र्तगतको राष्ट्रिय भौगोलिक सूचना पुर्वाधार महाशाखाको वेभसाइट धधध।लनष्ष्उ।नयख।लउ बाट नेपालको आधिकारिक नक्सा निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सकिने पनि जनाएको छ ।   
 

विभागका अनुसार नेपालको सही नक्सा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप