बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभनिस डिष्टिलरीको एम्पेरर स्कच माल्टस् नेपालमा

मङ्गलबार, ०३ असोज २०७४, १४ : ५४
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं – अभनिस डिष्टिलरिले एम्पेरर स्कच् माल्टस् नेपाली बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक प्रिमियम स्कच् माल्टस् ल्याइएको र यसमा ५ वर्षदेखि पाक पु¥याईएको स्कच् माल्टस् गुणस्तरको एक सय प्रतिशत ग्रेन स्पिरिटको साथमा राखि ल्याइएको कम्पनीले जनाएको छ । 

यसको मुल्य ७५० मिलि लिटरको ७ सय रुपैयाँ स्पेशल अफरको रुपमा निर्धारण गरिएको जनाइएको छ । कम्पनीका अनुसार स्कटल्याण्डको उत्कृष्ट स्कच् माल्टस् रहेको र यसमा रिच र स्मोकी फ्लेवरको पूर्ण सन्तुलन रहेको कम्पनीले जनाएको छ । 

एक सय प्रतिशत शुद्ध ग्रेन स्पिरिटसँग मिसाइएको यो स्कच माल्टस्को स्वाद र फ्लेवरले उत्कृष्ट अनुभव दिने जनाइएको छ ।  

एम्पेरर् स्कच् माल्टस् आइएसओ गुणस्तर प्रमाणीत कम्पनीद्धारा उत्पादीत भएको र काठमाडौंका प्रत्येक पसलमा यो स्कच् माल्टस् उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप