शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुरको साइडइफेक्ट : एक्लो महानगरको मतगणनामा सीसीटिभीदेखि ग्याबिन जालीसम्म

मङ्गलबार, ०३ असोज २०७४, १४ : ५८
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । प्रदेश नम्बर २ को एक्लो वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ । 

कुनै अप्रिय घटना नघटोस् भनेर मतदान स्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । भरतपुर महानगरपालिकाको मतगणनाको दौरान मतपत्र च्यातिएको घटनापछि सुरक्षा सतर्कता थप गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले सीसी टिभी जडान गरेर मतगणना गरिएको बताए ।  ११ गणनास्थलमध्ये ७ स्थानमा तारजालीसमेत लगाइएको छ ।  सुवेदीका अनुसार वडा नम्बर १ बाट अहिले कोठा नम्बर २ मा मतगणना सुरू गरिएको हो । 

३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ जना छन् । यिनै मतदाताले  मेयर छान्दैछन् ।


 
महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप