भन्सार छली गरी भित्र्याइएको ३० लाखको सामान वाइसीएलले राजश्वमा बुझायो
नवलपरासी -नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल परासी र नवलपुरले भन्सार छली गरी भित्याउन खोजिएको ३० लाखभन्दा बढीको सामान कब्जा गरी राजस्वमा बुझाएको छ ।
मंगलबार वाईसीएल परासीका जिल्ला संयोजक हरी भण्डारी र नवलपुरका संयोजक गुराँसले भन्सार छली भित्याइएको सामान एक पत्रकार सम्मेलनको आयोजना गरी राजस्व विभागलाई हस्तान्तरण गरेको वाइसीएलले जनाएको छ ।
गत भदौंमा सम्पन्न राष्ट्रिय सम्मेलनपश्चात वाइसीएल नेपालले सामाजिक सुधार, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सेवामा काम थालेको बताएको छ ।
सोमबारमात्रै नेपाल आयल निगमका महाप्रबन्धक गोल खड्कालाई हटाउन र उनीमाथि भ्रष्टाचारको आशंकामा छानविन गर्न ज्ञापनपत्र बुझाएको भोलीपल्टै खड्का निलम्बनमा परेका थिए ।
काठमाडौंको नयाँ बसपार्क, कलंकी, चावहिल, कोटेश्वर लगायतका क्षेत्रमा समेत वाइसीएलले दशैंमा घर फर्कने यात्रुहरुलाई स्वयंमसेवा दिइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण