ओखलढुंगा वाणिज्य बैंकको एटिएम सेवा प्रभाबकारी नहुदाँ सेवाग्राही मारमा
रामहरि श्रेष्ठ
ओखलढुंगा । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यलय ओखलढुंगाले प्रभाबकारी रुपमा एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । दशैँ तथा तिहारजस्ता चाँड पर्व नजिकिदै गर्दा समेत एटिएम सेवा बन्द हुदाँ सेवा ग्राहि मारमा परेका हुन् । केहि महिना यतादेखी संञ्चालनमा आएको एटिएम सेवा हप्ताको धेरै जसो समय बिग्रिएर बस्ने गरेको छ ।
जसका कारण सेवाग्राहीलाई थोरै रकम झिक्नलाई समेत चेक मार्फत लाईन बस्नु पर्ने बाध्यता रहेको छ । “याँहाको एटिएम र भेडेटारको मौसम उस्ता उस्तै रहेछ कहिले चल्ने कहिले नचल्ने थाहै नहुने एक सेवाग्राहीले भने । एटिएम सेवा नचलेपछि बरु बाहिर सेवा बन्द छ भनेर लेखिदिए हुन्थ्यो ”।
राष्ट्रिय बाणिज्य बैकले सेवाग्राहीहरुको भिडलाई मध्यनजर राख्दै एटिएम सेवा सञ्चालनमा ल्याएको भएपनि धेरै जसो समय आउट अफ सर्भिस भनेर देखाउने गरेको छ । जसले गर्दा बैकमा दैनिक जसो सेवाग्राहीहरुको लाम नै लाग्ने गरेको छ ।
बिशेषतः भुकम्प पछिको किस्ता झिक्न,तलब झिक्न,पेन्सन झिक्न र सामान्य कामका लागी थोरै पैसा निकाल्न समेत सेवाग्राहीहरु लामाम लाग्ने गरेका छन् ।यस बिषयमा बैक प्रशासनको भने ध्यान गएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ