बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिगः लिभरपुलको जित्दा युनाइटेड र चेल्सी बराबरी

आइतबार, ०९ कात्तिक २०७७, ०७ : ४२
आइतबार, ०९ कात्तिक २०७७

डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेफिल्ड युनाइटेडबिरुद्ध २–१ को संघर्षपूर्ण जीत हासिल गरेको छ ।

भर्जिल भान डाइकबिना मैदानमा उत्रेको लिभरपुलका लागि फाबिनोले गल्ती गरेपछि सेफिल्डले खेलको १३ औँ मिनेटमा पेनाल्टी पाएको थियो । जसलाई सान्डर बर्जले सजिलै गोलमा परिणत गरे ।

तर, पहिलो हाफ सकिन लाग्दा साडियो मानेको प्रहारलाई सेफल्डका गोलकिपरले पक्रन नसक्दा रोबर्टो फर्मिन्होले त्यसको फाइदा उठाउँदै बराबरी गोल फर्काए ।

दोस्रो हाफमा डिओगो जोटाले गोल गर्दै लिभरपुलको पुनरागमन पुरा गरे । प्रिमियर लिगमा लिभरपुल पछिल्लो दुई खेलमा जीतविहीन रहेको थियो । जीतसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लेको छ ।

उता, शनिबार नै भएको खेलमा म्यानेस्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरीमा चित्त बुझाएका छन् । खेलपछि चेल्सीका म्यानेजर फ्रांक लाम्पार्डले खेलको पहिलो हाफमा ह्यारी म्याग्वायरले कप्तान सेजर एज्पीलीकुएटामाथि फल गरेकोमा पेनाल्टी पाउने पर्ने विषयमा जोड दिए । यस विषयलाई भिडियो एसिस्टेन्ट रेफ्रीले पुनः मूल्यांकन गरे पनि युनाइटेड जोगिएको थियो ।

उपाधि दाबेदार म्यान्चेस्टर सिटी पनि शनिबार बराबरीमा रोकिएको छ । सिटीले वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको हो । चार खेलमा सिटीले एक मात्र खेल जित्न सकेको छ ।

खेलमा मिकेल एन्टोनियोले उत्कृष्ट गोल गर्दै ह्यामर्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फिल फोडेनले गोल गर्दै खेल बराबरी गरे । ५ खेलपछि सिटी आठ अंकसहित लिगको १२ औँ स्थानमा सिमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप