शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीप्रो कन्जुमर केयरका कार्यकारी प्रमुख नेपाल भ्रमणमा आउने

मङ्गलबार, ०३ असोज २०७४, १८ : ३५
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं – वीप्रो कन्जुमर केयर बिजेनसका प्रमुख कार्यकारी अधिकृत अनिल चुघ पहिलो पटक नेपाल भ्रमणमा आउने भएका छन् । चुघको यो भ्रमणलाई वीप्रोले नेपालमा आउँदा दिनहरुमा गर्न लागेको व्यापारिक योजनाको प्रतिबद्धताको एक सकारात्मक लक्षणको रुपमा लिइएको छ ।

चुघले आफ्नो भ्रमणको दौरानमा यहाँ स्थित वीप्रोका व्यापारिक एवं खुद्रा साझेदारहरुसँग गहन छलफल हुनेछ । यस्तै काठमाडौंमा भविष्यमा वीप्रोको बजार विस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि वहाँले सुक्ष्म अध्ययन गर्ने बताइएको छ ।

वीप्रो कन्जुमर केयरले हाल एशिया र मध्यपूर्वका ५० भन्दा बढी देशहरुमा आफ्नो उपस्थितिलाई मजबुत बनाइसकेको छ । ३० भन्दा बढी आफ्नै ब्राण्डहरु सहित बलियो पहिचान बोकेको यस कम्पनीका उत्पादनहरु प्रमुख बजारहरुमा अग्रणी स्थानमा रहन सफल बन्दै आएका छन् । वीप्रोकै एक प्रमुख उत्पादन यार्डली विश्वका ४० भन्दा बढी देशहरुमा बिक्रि हुँदै आएको छ । नेपालमा हाल वीप्रोका उत्पादनहरु मध्ये सन्तूर, ग्लुकोभिटा, इन्च्यान्टेर, यार्डली, रोमानो र सेफ वास बिक्री हुने गरेका छन् ।

वीप्रो कन्जुमर केयर एशियामातीव्र गतिमा विकसित भैरहेको एक उपभोग्य सामग्री उत्पादक कम्पनी हो । कम्पनीले भारत र विश्व बजारमा निजी हेरचाह र बत्ती व्यवसाय तर्फ सन् २००३ देखि दश अधिग्रहण गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप