बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

मङ्गलबार, ०३ असोज २०७४, २१ : २७
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध रुपमा भन्सार छली ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १०२ नं को बसमा प्रभागबाट खटिएको टोलीले आज जाँच गर्दा भन्सार छलेर ल्याएको सामानसहित चालक काभ्रेका रवीन्द्रप्रसाद महजु र सहचालक भक्तपुरका श्यामसुन्दर नकर्मीलाई पक्राउ गरेको हो । 

पक्राउ परेकासँग दुई हजार ३२६ थान सुटका कपडा र १० थान हाते झोला बरामद गरिएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

बरामद कपडासहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप