शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीले पाएनन् भिसा : अन्याय भएको भन्दै रिसाए फोन्सेका

बुधबार, ०४ असोज २०७४, ०८ : ३०
बुधबार, ०४ असोज २०७४

कोलोम्बो - श्रीलङ्काली पूर्वसैनिक प्रमुख एवम् हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोँसेकाले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने प्रवेशाज्ञा (भिसा) पाएनन । 
उनी संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लागेका थिए । श्रीलङ्काली प्रतिनिधिमण्डलमा उनी पनि एकजना सदस्य थिए । 
तर सबैजना सदस्यले भिसा पाए भने उनले पाएनन । सो जानकारी उनले मङ्गलबार राजधानी कोलोम्बोमा दिएका हुन ।

उनी सन् २००९ मा श्रीलङ्काली विद्रोही समूह, तामिल टाइगरविरुद्धको कारबाहीका समयमा उक्त देशका सैनिक प्रमुख थिए ।

उनी माथि तामिलहरुका विरुद्धमा युद्धअपराध गरेको अभियोग लागेको छ । सो अभियोगका कारण नै उनलाई अमेरिका जान भिसा प्राप्त नभएको हो ।

उनले सम्वाददाताहरुसँग भने ‘म पनि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रतिनिधिमण्डलमा राष्ट्रसंघीय महासभावमा जाने सदस्य थिएँ तर मैले भिसा पाइन ।’

‘मैले के कारणले नै भिसा पाउन नसकेको हो, यो कुराको अनुसन्धान हुनुपर्छ यसले मलाई अन्याय भएको छ’उनले भने । 
राष्ट्रपति सिरिसेनाको नेतृत्वको प्रतिनिधिमण्डल भने गत आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छ ।

सन् २००९ मा श्रीलङ्काली सरकारले तामिलका विरुद्धमा आक्रामक कारबाही गरेको थियो । सोही कारबाहीपछि उक्त विद्रोहको अन्त्य भएको थियो ।

त्यस समयमा उक्त जातीय विद्रोही समूहका कम्तीमा पनि ४० हजार विद्रोही मारिएका थिए । उक्त समयमा सैनिक प्रमुखका रुपमा रहेको नाताले उनी माथि पनि यस्तो अपराधको आरोप लागेको छ ।

तर उनले भने यस आरोपको खण्डन गर्दै आएका छन् । त्यस समयमा आफूले ती विद्रोहीको सफाया गरेको नभई सरकारको आदेशको मात्र पालना गरेको उनको अडान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप