बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मिडियाको दाबी : विहानै मुग्लिनमा देखिइन हनीप्रीत !

बुधबार, ०४ असोज २०७४, १० : १९
बुधबार, ०४ असोज २०७४

नयाँ दिल्ली । यौन शोषणको आरोपमा जेलमा रहेको बाबा राम रहीमकी निकै जजिक मानिएकी हनीप्रीति आज विहान मुग्लिनमा देखिएकी भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । भारतीय मिडियाको यो पनि दावी छ कि, हनीप्रीत आज गिरफ्तार हुन सक्छिन् । 

यद्यपि नेपाल प्रहरी भने यो प्रकरणमा अहिलेसम्म बोलेको छैन ।

स्रोतलाई उल्लेख गर्दै भारतीय मिडिया इन्डिया टिभीले बिहान साढे ३ बजे मुग्लिन क्षेत्रमा उनी देखा परेकी थिइन् । उनी कालो रंगको नेपाली नम्बर प्लेटमा सवार भएको बताइएको छ ।

रामरहीम जेल गएपछि हनीप्रीत फरार छिन् । उनी नेपाल प्रवेश गरेको भारतीय मिडिया र सुरक्षा एजेन्सीको दावी छ ।

नेपालको सीआइबीलाई उद्धृत गर्दै उनी पोखरातर्फ गएको समाचारमा बताइएको छ । 

पोखरा र मुग्लिनको बीचमा सर्च अप्रेशन चलिरहेको भारतीय मिडियाको दावी छ । 

यहाँ हनीप्रीतको तस्वीर पनि बाँडिएको बताइएको छ ।

हनीप्रीतिले पटक पटक आफ्नो पोशाक बदलेर हिँडेको पनि भारतीय मिडियाको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप