शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँचीमा सिलौटा प्रहारबाट ७७ बर्षीया बृद्धाको हत्या

बुधबार, ०४ असोज २०७४, १० : ३३
बुधबार, ०४ असोज २०७४

अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, साविकको भगवती ८ काउले, उपल्लोधारामा ७७ बर्षीया वृद्धाको हत्या भएको छ ।

७७ बर्षकी श्यामकला पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले रातोपाटीलाई बताए ।

घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

उनले कानमा लगाएको सुनको रिङ (गहना) चोरिएको र घाँटीको सिक्री आधा उनको हातमा र आँधा भुइँमा भेटिएको छ ।

कसरी थाहा भयो ?
-साँझ हुँदासम्म पनि उनको घरमा बत्ती बलेन ।
-स्थानीय गीता पाण्डेले घरमा बोलाउन जाँदा उनले घरभित्र शव देखिन् ।
-उनी आत्तिदै छिमेकमा खबर गरिन् । र,
-स्थानीयले प्रहरीलाई खबर गरे ।

त्यस दिन के भएको थियो ?
-जेठा छोरा कमल प्रसाद पाण्डे बिहान ७ बजे घरबाट निस्किए ।
बुटवलमा बस्दै आएका उनका जेठा छोरा ४ दिनअघि मात्र बाबुको श्राद्ध गर्न घर पुगेका थिए ।

-प्रहरीका अनुसार बिहान १० बजे छोरी राधिकासँग उनले फेनमा कुराकानी गरेको देखिएको छ ।

-त्यसैगरी, बिहान ११ बजे माइलो छोरा राम प्रसाद पाण्डेसँग उनको फोनमा कुराकानी भएको थियो ।
माइलो छोरा भैरहवामा व्यवसाय गरेर बसेका छन् ।

उनको कान्छा छोरा बाबुराम पाण्डे भने वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । 
घटना थाहा पाएपछि उनी आजै नेपाल आउँदैछन् ।

जिल्ला प्रहरी कार्यालय सन्धिखर्कबाट आएको प्रहरीको टोली आज बिहान मात्र घटनास्थलमा पुगेको थियो ।

प्रहरीले शवलाई पोस्ट मार्टमको लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप