शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपाली मूलका उज्ज्वल ठकुरीलाई सातौँ ‘गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त

सोमबार, १७ कात्तिक २०७७, १४ : ४७
सोमबार, १७ कात्तिक २०७७

अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौँ पटक 'गिनिज वर्ल्ड रेकर्ड’प्राप्त भएको छ । एक पछि अर्को गर्दै उनले सातौ पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

त्यति मात्र हैन ३ वर्ष अगाडि उनी अमेरिकामा “हु इज हु ब्ल्याक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जन भन्दा ज्यादा कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको आगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोश्रो,नोभेम्बर २०१८ मा तेश्रो,सेप्टेम्बर २०१८ मा चौथो,सेप्टेम्बर २०१९ मा पाचौ ,फेब्रुअरी २०२० मा छैठौ र फेब्रुअरी २०२० मै सातौ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरे पछि गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौ गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका हुन्  । 
काठमाडौंमा जन्मिएका ठकुरी २ दशक भन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप