शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउनका लागि चिसो मौसममा खानुहोस् यी सात खानेकुरा, बढ्दो बोसोबाट पनि पाइन्छ छुटकारा

सोमबार, १७ कात्तिक २०७७, १५ : २१
सोमबार, १७ कात्तिक २०७७

चिसो मौसममा तात्तातो खानाबाट टाढा बस्न मुश्किल हुन्छ । यो मौसममा मानिसहरु तत्तातो जेरी, लाल मोहन, हट चकलेट खान असाध्यै रुचाउँछन् । चिसो मौसममा मानिसहरुको खान्की पनि बढ्ने दाबी गरिन्छ । यसै कारण यो मौसममा मानिसहरुको तौल तीब्र रुपमा बढ्ने गर्छ । स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा केही खानेकुराले तौल घटाउनुका साथै पेटको बोसोलाई पनि निकै कम गर्न निकै प्रभावकारी भूमिका निभाएको हुन्छ । आउनुहोस्, त्यस्ता खानेकुराबारे जानकारी लिऔंः

१. गाजरः

फाइबरले भरपुर गाजरलाई पचाउन शरीरलाई सहज हुँदैन । यसैकारण यो खाएको घण्टौंसम्म पनि भोक लाग्दैन । स्वभाविक रुपमा यदि मानिसहरुलाई भोक लाग्दैन भने उसको तौल कम हुनु पक्कै छ । अर्कोतिर गाजर असाध्यै कम क्यालोरी र नन स्टार्की भएका कारण यसले तौल पनि बढाउँदैन ।

२. चुकन्दरः

चुकन्दरमा तौल घटाउने फाइबर पाइन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ भने यसमा फ्याट शून्य प्रतिशत हुन्छ भन्दा फरक पर्दैन । जसले तौल बढ्न नदिइ भएको बोसोलाई पनि बिस्तारै कम गर्न मद्दत गर्छ ।

३. दालचीनीः

भान्सामा पाइने दालचीनीले पनि चिसोयाममा तौल घटाउने गर्छ । जर्नल अफ न्यूट्रिशनल साइन्स एण्ड भिटामिनोलोजीका अनुसार दालचीनीमा पाइने सिनमोल्डेहाइड फ्याटले मेटाबोलिजमलाई सन्तुलित राख्छ । यसले इन्सुलिन पनि नियन्त्रणमा हुन्छ । जसका कारण तौल पनि नियन्त्रणमा रहन्छ ।

४. मेथीः

चिसो मौसममा मेथीको दाना तौल घटाउनका लागि कुनै गुणकारी औषधीभन्दा कम छैन । मेथीको दानाले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा ल्याउँछ र इन्सुलिनको श्रावलाई बढाउने गर्छ । यसले तपाईंको मेटाबोलिजम सिस्टमलाई दुरुस्त राख्छ । यसमा पाइने ग्लेक्टोमेननले भोकलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

५. अम्बाः

जाडोयाममा पाइने अम्बाले पनि घण्टौंसम्म भोकलाई नियन्त्रणमा राख्न सक्छ । यसले तपाईंको शरीरका लागि आवश्यक फाइबरको दैनिक आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्न सक्छ । यो फल मानिसहरुको मेटाबोलिजमका लागि पनि निकै फाइदाजनक छ । एउटा राम्रो मेटाबोलिजम मानिसहरुको तौल घटाउनमा पनि निकै मद्दत गर्नसक्छ ।

६. पानीः

चिसो मौसममा पानीको कमीले शरीर डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डी हाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा खराब असर पर्ने गर्छ । यो मौसममा तातो पानी वा हर्बल टीले तपाईंको शरीरलाई हाइड्रेट राख्ने काम गर्छ भने लामो समयसम्म भोक लाग्न पनि दिँदैन ।

७. फ्रेश खानेकुराः

चिसो मौसममा मानिसहरु धेरैजसो प्याकेटमा बन्द वा प्रोसेस्ड फूडको प्रयोग गर्छन् । यस्तो प्रकारको खानामा सोडियम र सुगरको मात्रा निकै धेरै हुन्छ जसका कारण तीब्र रुपमा तौल बढ्ने गर्छ । त्यसैले प्याकेटमा बन्द सूप, सस वा प्रोसेस्ड फूडको साटो डाइटमा फ्रेश खानेकुरा मात्रै समावेश गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप