शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोनी ब्रेसटोको शतकको मद्दतले इङ्ग्ल्याण्डद्वारा वेस्ट इन्डिज पराजित

बुधबार, ०४ असोज २०७४, १० : ५६
बुधबार, ०४ असोज २०७४

म्यान्चेस्टर । जोनी ब्रेसटोको मेडन एकदिवसीय शतकको मद्दतले इङ्ग्ल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

ओल्ड ट्राफोडमा भएको पहिलो एकदिवसीय खेलमा इङ्ग्ल्याण्डले प्रस्तुत गरेको २०५ रनको लक्ष्य मात्र ३०.५ आभेरमा ३ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो ।

ब्रेसटोले नटउाट रहँदै १ सय रन बनाउँदा ११ ओभर अगावै लक्ष्य पछ्यायो ।

जो रुटले ५३ रनमा ५४ रन बनाए ।

यसअघि वर्षाले खेल प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको थियो ।

एकदिवसीय टोलीमा क्रिस गेल फर्किदा उनले २७ बलमा ३७ रन बनाए । त्यस्तै जेसन होल्डरले नटआउट रहँदै ४१ रन बनाए । 

वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २०४ रन बनायो । बेन स्टोकले ३ विकेट लिए ।

पराजयसँगै वेस्ट इन्डिज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एकदिवसीय वरियतामा नवौँ स्थानमा पुगेको छ ।
अब टोली स्न २०१९ को विश्वकपमा सोझै छनौट हुनेछैन । उसले सन् २०१८ मा छनौट प्रतियोगिता खेल्न पर्नेछ 

पाँच खेलको सिरिजमा दोस्रो खेल बिहिबार ट्रेन्ट ब्रिजमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप