कोकाकोला र एलजीको दशैं तिहार योजना
बुधबार, ०४ असोज २०७४, ११ : २०
काठमाडौं–कोकाकोला र एलजी दुई मल्टीनेशनल कम्पनी मिलेर दशैं तिहारको अवसरमा उपोभोक्ता लक्षित उपहार योजना ल्याएका छन् । नेपालका लागि अधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रनिक्सले ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुलनाराका साथ एलजी दशैं तिहार योजना ल्याईसकेको छ ।
यस्तै, बोटलर्स नेपालले ‘मन खोलौं कोकसँग’ नाराका साथ दशैं तिहार योजना ल्याएको छ । कोक, फ्यान्टा वा स्प्राईट किन्ने भाग्यमानी ४ जना उपभोक्तालाई हरेक दिन एलजीको एलईडि टिभी उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको हो ।
कोकाकोला र एलजीको आ–आफ्नै योजना भएपनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यवसायले विभिन्न योजना ल्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै