संयुक्त नेपाली मोर्चा युरोपमा नयाँ कार्यसमिति
काठमाडौं–संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्षमा डा.कृष्ण अर्याल निर्वाचित भएका छन् । नर्वे निवासी अर्याल पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
सर्वसम्मतले चयन भएको कार्यसमितिको उपाध्यक्षहरुमा बेलायत निवासी राममणी रिजाल, स्विजल्याण्डका अच्युत फुयाल र बेल्जियमका कृष्ण पौडेल निर्वाचित भएका छन् ।
अधिवेशनले महासचिबमा स्पेनका गंगा प्रसाद भुसाल र सचिवहरु मान बहादुर गुरुङ ( बेलायत) ,कृष्णहरी कंडेल (स्पेन) समिर अधिकारी(पोर्चुगल ),कोषाध्यक्षमा खडग बस्नेत (पोर्चुगल) र प्रवक्तामा दर्शन आचार्य (स्विट्जरल्याण्ड) चयन गरेको छ । कार्यसमितिका सदस्यहरुमा प्रकाश पौडेल ( बेल्जियम), बलमान ओलि (नर्बे),कल्पना मगर( बेल्जियम) ,गंगा शर्मा ( बेल्जियम),जितेन्द्र रायमाझी (चेक रिपब्लिक),महेश कुमार खाती( डेनमार्क ),प्रकाश शर्मा ( जर्मनी ),सुशीला खतिबडा ( बेल्जियम),निर्मला बजगा‘इ ( बेल्जियम),मिनु श्रेष्ठ (बेलायत),रुपक श्रेष्ठ ( पोर्चुगल),रन्जित राना (इटाली) रहेका छन् ।
बाँकी ३ सदस्यहरु कार्यसमितिले पछि मनोनीत गर्ने बताईएको छ । युरोपभर रहेका नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरु सहभागि कार्यक्रमलाई माओबादी केन्द्रका नेता गणेशमान पुनले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने