शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबा राम रहिमको सहयोगी हनिप्रित धरानबाट पक्राउ ?

बुधबार, ०४ असोज २०७४, १२ : ३४
बुधबार, ०४ असोज २०७४

सुनसरी– चर्चित भारतीय  बाबा गुरुमित रामरहिम सिंह पक्राउ परेपछि उनको सहयोगी भनिएकी हनिप्रित सुनसरीबाट  पक्राउ परेको आशंका गरिएपनि प्रहरीले मौन बसिदिएको छ । 
रामरहिम बलात्कारी ठहरिर २० वर्षे कारबासमा गएपछि  उनको सहयोगी भनिएकी  हनिप्रित नेपालतर्फ भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।  बाबाको कुकर्ममा मतियार भनिएकी वास्तविक नाम प्रियंका तनेता भएकी उनी धरानबाट पक्राउ परेको आशंका गरिएको हो । 


प्रत्यक्षदर्शीहरुका अनुसार धरान १३ मा रहेको सेवारो सेकुवा कर्नरमा सादापोशाकमा आएका प्रहरीले मंगलबार उनको अनुहारसँग मिल्दोजुल्दो भएकी युवतीलाई  पक्राउ गरेको हो ।    भारतीय युवती र उनकै अनुहारसँग मिल्दोजुल्दो भएकाले पक्राउ पर्ने हनिप्रित नै भएको आशंका गरिएको हो । 

प्रहरीले भने पक्राउ परेकी युवतीबारे खुलाउन चाहेको छैन । कोशी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालले हनिप्रितसँग अनुहार मिलेको एक्भारतीय युवती दुई दिनदेखि धरानको होटलमा बसेको पाइएको तर परिचय पत्र हेर्दा अर्कै युवती रहेको परिचय खुलेको दाबी गरे । प्रहरीले उनलाई सोधपुछ गरेर छाडिएको बताएपनि  स्थानीय प्रत्यक्षदर्शीहरुले सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेर लगेको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप