शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यसचिव क्षेत्रीसहित पाँचजना सम्मानित

बुधबार, ०४ असोज २०७४, १३ : ५०
बुधबार, ०४ असोज २०७४

काठमाडौँ -काठमाडौँ महानगरपालिका–२६ ले आफ्नो वडाबाट विभिन्न क्षेत्रमा योगदान पु¥याउने मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसहित पाँच जनालाई सम्मान गरेको छ । 

कामनपा–२६ ले दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाइ’ कार्यक्रममा नेपालको प्रशासनिक क्षेत्रमा मुख्यसचिवजस्तो गरिमामय पदमा पुग्नुभएका क्षेत्रीलाई सम्मान गरेको हो । 

यस्तै नेपाल सरकारका महान्यायाधिवक्ता वसन्तराम भण्डारी, स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी, वरिष्ठ अधिवक्ता हिरा रेग्मी र लाइन्स क्लब नेपालका प्रमुख बालकृष्ण बुर्लाकोटीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले यस वडालाई महानगरकै नमूना वडा बनाउने गरी आफूहरु लागिपरेको स्पष्ट पार्नुभयो । 

पहिलो चरणको स्थानीय तहको निर्वाचन पछि ढल सफाइ, फोहोर व्यवस्थापन, सडक बत्ती, सडक कालोपत्र, खोलाको किनारामा रेलिङ, सरसफाइ सामग्री खरिद लगायतमा रु ९२ लाख १६ हजार ४१६ खर्च भइसकेको अध्यक्ष तिवारीले वडावासीलाई जानकारी गराउनुभयो । वडा नं २६ मा ठमेल, गल्कोपाखा, कपुरधारा, रानीवारी, म्हैपी, गोँगबु हुँदै नयाँबसपार्कको क्षेत्र पर्दछ । उक्त क्षेत्रमा ७० हजार जनसङ्ख्या छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप