शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राको ‘इटुओ प्लस’ कार नेपालमा सार्वजनिक

बुधबार, ०४ असोज २०७४, १४ : ५२
बुधबार, ०४ असोज २०७४

काठमाडौं –नेपालका लागि महिन्द्रा गाडीको आधिकाकि विक्रेता अग्नि इन्कर्पोरेटेडले सिटीस्मार्ट कार ‘इटुओ प्लस’ नेपालमा सार्वजनिक गरेको छ ।
यो गाडी चार्जएवल छ भने एकपटक चार्ज गरेपछि ८० किलोमिटर प्रतिघण्टा चल्ने जनाइएको छ । एक पटकको चार्जवाट १ सय ४० किलोमिटरसम्म चल्ने यो कारमा चार जनासम्म यात्रा गर्न मिल्ने छ । 

मंगलबार राजधानीमा आयोजित नयाँ कार सार्वजनिक कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन हेड अरविन्द माथेयुले भारतभर इलेक्ट्रिक साधनको पहुँच पुर्याउने लक्ष्य अनुसार यो कार उत्पादन गरेको जानकारी दिए । उनले अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन प्रविधि प्रयोग भएको यो ‘इटूओ प्लस’ नेपाली परिवेश अनुसार उपयोगी हुने समेत जानकारी दिए । 

कार्यक्रममा महिन्द्राका साउथ एशिया इन्टरनेशनल अपरेशनका उपाध्यक्ष सन्जीब जादबले इटुओ प्लसले आम ग्राहकको मन जित्नेमा विश्वास व्यक्त गरे । उनले नेपाल सरकारको विद्युतीय सवारी साधनप्रति सहयोगात्मक एवम् सकारात्मक नीतिले प्रयोगमा अझ सहजता मिल्ने विश्वास राखे । 

महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले इन्धन संकट र वातावरण प्रदुषण नियन्त्रणमा यो कारको महत्व बढ्ने बताए । उनले घरमै चार्ज गर्न सकिने सुविधा रहेको यो कारप्रति नेपाली उपभोक्ता आकर्षित हुने विश्वास राखे । 

यो काको बजार मल्य अहिले ३१ लाख रुपैयाँ तोकेको कम्पनीले जनाएको छ । अग्रिम वुकिङमा एक लाख छुटको समेत व्यवस्था रहेको जनाइएको छ । इटूओ प्लसमा स्मार्ट फोन एप्स, इन्फोटेनमेन्ट सिस्टम, रिजेनेरेटिभ ब्रेकिङ, रिभाइभ, अटोमेटिक म्यासेजिङ लगायतका विशेषता रहेको जनाइएको छ । ४ वटा ढोका, आरामदायी सीट भएको यो कार कोरल ब्लु, स्पार्किङ्ग रेड वाइन, आर्सेिटक सिल्भर, सोलिड ह्वाइट रंगमा उपलव्ध रहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप