बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशले एमालेलाई नपत्याएकै हो त ?

बुधबार, ०४ असोज २०७४, १५ : ५४
बुधबार, ०४ असोज २०७४

काठमाडौँ । यसलाई संयोग नै मान्नुुपर्छ, असोज २ गते निर्वाचन हुनुको एकदिन अगाडी पानी पर्यो र विहानैदखि बादल लागेको थियो ।
 
मतदान गर्न हिँडेका मतदाताले ‘सूर्य अस्तायो कि क्या हो’ मैथली भाषामा व्यङ्ग्य पनि गरेका थिए । सूर्य र मधेशबीचको दुरी बढ्दै गएको थियो, पछिल्लो दुई बर्षदेखि । त्यही दूरीको फाइदा उठाउँदै काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दलले चुनावमा त्यसलाई मुख्य नारा नै बनाए ।
 
यी दलहरुका नेताहरु जहाँसुकै बोल्दा पनि एमालेको आलोचना गरेकै हुन्थे । चाहे प्रधानमन्त्री शेरबहादुर देउवा होउन् वा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै । मधेशवादी दलका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुरहरु किन नहोउन्, उनीहरु सबैको निशानामा थियो एमाले ।
 
एमालेका नेताहरु पनि भाषणमा अगाडि थिए । आफ्नो आलोचना गर्ने पार्टीका नेताहरुलाई जवाफ दिन्थे, ‘चुनावको परिणामबाट सबैको हैसियत देखाइ दिन्छौ ।’

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेशका आठ जिल्लामा कसको शक्ति कति ?

तर, अन्य प्रदेशमा जस्तो दुई नम्वर प्रदेशमा सूर्यले जनताको साथ पाएन ।

मधेशी जनताले आफ्नो आक्रोश मतमा पनि देखाए । पहिलो र दोस्रो चरणको चुनावमा पहिलो स्थान हासिल गरेको एमालेले दुई नम्बर प्रदेशमा पनि पहिलो पार्टी हुने दावी मात्र गरेको थिएन, त्यो अनुसारको तयारीमा पनि लागेको थियो ।
 
पार्टीको सम्पूर्ण शक्ति मधेशमै परिचालित गरेको थियो । केन्द्रीय पदाधिकारी पटक–पटक मधेशका गाउँगाउँ पुगेर अनुगमन गरि मत सर्वेक्षण गराएर केन्द्रमा प्रतिवेदन पनि बुझाएको थिए । प्रतिवेदन अुनसार मधेशमा एक नम्बरको पार्टी हुने ढुक्क थिए नेताहरु ।


 
तर, तर प्रारम्भिक परिणाम अनुसार एमाले पहिलो त होइन तेस्रो र चौथो स्थानमा हिँडिरहेको छ । सुरुवाती चरणमा दोस्रो स्थानमा रहेको एमाले, बुधबार अपरान्ह बित्दा तेस्रो स्थानमा पुगेको छ ।

काँग्रेसको ३८ स्थानमा अग्रता हुँदा एमाले २० स्थानमा मात्र अगाडि छ । त्यस्तै राजपा र माओवादीले पनि एमालेलाई कडा टक्कर दिइरहेका छन् । माओवादी केन्द्रले १९ वटा स्थानीय तहमा अग्रता लिँदा राजपाले १६ स्थानमा अग्रता लिइरहेको छ ।

जब कि, अन्य प्रदेशमा एमालेलाई अग्रता थियो । जस्तो कि प्रदेश नम्वर १ मा ६९, प्रदेश नम्वर ३ मा ६४, प्रदेश नम्वर ४ मा ३४, प्रदेश नम्वर ५ मा ४३, प्रदेश नम्वर ६ मा २७ र प्रदेश नम्वर ७ मा ३९ स्थानीय तहमा जित निकालेको एमालेलाई मधेशमा कठिन देखिएको छ । यहाँ एक सय ३६ स्थानीय तहका लागि चुनाव भएको थियो ।

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

 
दोस्रो संविधानसभामा एमालेलाइ मधेशबाट ३ लाख ४८ हजार ४ सय २७ मत मिलेको थियो । जिल्लागत हिसावले हेर्दा सप्तरीमा २८ हजार ५४५, सिरहामा ४२ हजार ८७९, धनुषामा ५१ हजार ३५७, महोत्तरीमा ३७ हजार ५०२, रौतहटमा ४७ हजार २४५, सर्लाहीमा ३७ हजार २७१, बारामा ५९ हजार ७०७ र पर्सामा ४४ हजार १२ मत लिएको थियो ।

प्रारम्भिक नतिजाको विश्लेषण गर्दा एमालेको आफ्नो सांगठनिक मत मात्र आएको छ । दुई नम्बर प्रदेशको आठवटा जिल्लामा रहेको एमालेको सांगठनिक मतले मात्र एमाले पहिलो पार्टी हुन सक्दैन ।

हिजो दोस्रो स्थानमा अग्रता लिएको एमाले तेस्रोबाट चौथोमा झर्न थालेपछि एमालेलाई मधेशले नपत्याएको देखिन्छ । 

नभए पहाडमा एमालेप्रति देखिएको झुकाव मधेशमा एकाएक गायव सामन्य होइन । यसले एमालेको मधेश नीतिमा कतै फेरबदलको माग त गरेको होइन भन्ने प्रश्न उठाएको छ, किनभने एमालेमाथि मधेशमाथि अनुदार रहेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप