बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्वमा प्रहरीको विशेष सुरक्षा योजना : २४ घण्टा गस्तीदेखि सीसी क्यामेराको निगरानीसम्म

बुधबार, ०४ असोज २०७४, १६ : २६
बुधबार, ०४ असोज २०७४

काठमाडौँ । नेपाल प्रहरीले चाडवाडका समयमा जनधनको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ । घटना घटेको पाँच मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने गरि सुरक्षाको व्यवस्था मिलाइएको महानगरीय प्रहरीले जनाएको छ । 

वुधवार आयोजित प्रत्रकार सम्मेलनमा बडादशैं ,तिहार र छठलाई मध्य नजर गरि सुरक्षा योजना तर्जुमा गरिएको महानगरीय प्रहरी आयुक्त जय बहादुर चन्दले जानकारी गराए । 

हत्या ,जबरजस्ती करणी, मानव बेचबेखन चोरी, मुद्रा सटही तथा जुवा तास नेपाल प्रहरीका सम्भावित चुनौती रहेको बताउदै चन्दले खाद्यान्न मिसावट, चन्दा, गुण्डागर्दीका घटनाहरुले निस्तेज पार्न नेपाल प्रहरी सक्रियताका साथ लागिरहेको बताए । 

शहरका मुख्य क्षेत्रहरुमा निगरानी बढाउन सिसिटिभीको व्यवस्था गर्ने नेपाल प्रहरीले रणनिति बनाएको छ । २४ घन्टा नै प्रहरीको गस्ती बढाइने बताइएको छ । 

मठ मन्दिरहरुमा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने सादा पोशाकमा प्रहरी खटाएर कालो बजारी ठगि नियन्त्रणका गरिने महानगरीय प्रहरीले जनाएको छ । 
विशेष सुरक्षाका लागि संवेदनशील क्षेत्रमा प्रविधियुक्त साइरन तथा सुरक्षा उपकरण जडान गरिने महानगरीय प्रहरीले बताएको छ । चाडवाडका समयमा बढ्नसक्ने जुवातास तथा आपराधिक घटनाहरुलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याइएको नेपाल प्रहरीले बताएको छ । आपाराधिक घटना नियन्त्रण गर्न पाँच हजार ४३७ प्रहरी खटाइएको आयुक्त चन्दले जानकारी गराए । 

दशैँमा सुरक्षा योजना लागु भएपछि पछिल्लो समय दैनिक २ सय जना पक्राउ परिरहेको प्रहरीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप