बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीले स्थानीय कुटेको विरोधमा परासी बजार बन्द

बुधबार, ०४ असोज २०७४, १६ : ५२
बुधबार, ०४ असोज २०७४

परासी– प्रहरीले स्थानीय युवालाई कुटेको विरोधमा नवलपरासीको सदरमुकाम परासी बजार बन्द गराइएको छ । 

प्रहरीले बिनाकारण स्थानीय युवाहरुलाई पिटेको भन्दै युवाहरुले बुधबार बजार बन्द गराउँदै हिडका छन् । रामग्राम नगरपालिका ६ पोखरापालीका युवाहरुलाई मंगलबार राती प्रहरीले अस्पताल परिसरमा कुटपीट गरेको थियो । युवाहरुले प्रहरी ज्यादती भन्दै परासी बजारका पसल, बंैक, विद्यालय र यातायातहरु बन्द  गराएपछि साप्ताहिक हाटबजारसमेत लाग्न सकेन । 

मंगलबार राती ८ बजे नगरपालिका ६ पोखरापालीका एक ४ वर्षे बालिकालाई मध्यविन्दु नगरपालिकाको चोरमारा घर भएका अन्दाजी २७ वर्षीय प्रितम शर्माले जबरजस्ती गरेको भन्दै स्थानीय युवाहरुले शर्मालाई अस्पताल परिसरमै कुटपीट गरेपछि प्रहरीले कुटपीटमा उत्रिने युवाहरुलाई प्रहरीले कुटपीट गरेको थियो । 

युवाहरु पिटिएका विषय लिएर बुधबार विहान स्थानीयले करिब २ घण्टा जिल्ला प्रहरी कार्यालय पनि घेराउ गरेका थिए । पीडित युवाहरु हातमा लठ्ठी लिएर महेशपुर चोक, बाइपासचोक, बुद्धचोकहरुमा टायर बाली पसल, बंैकवित्तीय संस्था, विद्यालय र यातायात बन्द गराउदै चक्काजाम गरेका छन् ।

पीडकलाई कारबाहीको सट्टा पीडित पक्षलाई नै कुटपीट गरेको भन्दै स्थानीय प्mयुचर लाइट उमाविका विद्यार्थीहरुले पनि प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप