मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटी मण्डपमा दशैं मेला, आकर्षण दुर्गाको मुर्ति

बुधबार, ०४ असोज २०७४, १६ : ५५
बुधबार, ०४ असोज २०७४

काठमाडौंको भृकुटिमण्डपमा बुधबारबाट दशैं मेला सुरु भएको छ । आम उपभोक्तालाई दसैंको सामग्री खरिद गर्न सहजहोस् भन्ने उद्देश्यका साथ ५ दिने मेला आयोजना गरिएको हो ।

एकै छानामुनि दशैंका सबै सामग्री पाउने व्यवस्थासहित मेला आयोजना गरिएको सिन्थेसिस एक्जिभिसन एन्ड इभेन्ट प्रालिका प्रबन्ध निर्देशक राकेशकुमार महतोले जानकारी दिए । 
मेलाको मुख्य आकर्षणको रुपमा भने देवी दुर्गाको मूर्ति राखिएको छ ।

मेलामा भारत, पाकिस्तान, बंगलादेश लगायतका ब्रान्डेड कपडाहरु पनि राखिएको छ । १ सय ५० वटा स्टल रहेको मेलामा ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकहरुका अनुसार मेलामा करिव ७ करोड बराबरको कारोबार हुने अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप