शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा एमालेको किल्ला भत्कायो माओवादी केन्द्रले

बुधबार, ०४ असोज २०७४, १७ : ०९
बुधबार, ०४ असोज २०७४

सिरहा–एमालेले आफ्नो किल्ला भन्दै आएको सिरहाको गोलबजार नगारपालिका वडानम्बर २ लालपुरमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । यसअघिका संविधानसभाको दुवै निर्वाचनमा एमालेको बर्चस्व रहेको लालपुरमा यो पटकको स्थानीय तहको निर्वाचनमा भने माओवादी केन्द्रले हत्याएको हो । 
गोलबजार नगारपालिकाको सम्पूर्ण मतलाई नै प्रभावित पार्ने गरी नेकपा एमाले मत ल्याउने दावी गरेको यो वडामा माओवादी केन्द्रले विजयहासिल गरेपछि एमाले कार्यकर्ता निरास भएका छन् । एक हजार आठसय ९१ मतमध्ये एक हजार ५० भन्दा बढी मत आउने दावी गरेको एमालेले वडा अध्यक्ष नै गुमाउनु परेपछि निराश भएका हुन् । गोलबजार २ नम्वर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका लक्ष्मण साहले ७६४ र नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले ७६१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ घोषणा भएलगत्तै साह पक्षधरले विजय रयाली निकालेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार गोलबजार नगारपालीकाका २ वटा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ  १ नम्वर वडामा माओवादी केन्द्रका देवलाल थापा विजयी भएका छन् । गणना भईरहेका ३ र ४ नम्वर वडामा पनि नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । 
मुख्य पदमा पनि यो नगारपालीकामा नेकपा माओवादी केन्द्रको अग्रता छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप