शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रो एक्स्पो हुने

बुधबार, ०४ असोज २०७४, १७ : ३७
बुधबार, ०४ असोज २०७४

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (आइपान)  र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो गर्ने भएका छन् । 

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी पुस २१ गतेदेखि २३ गतेसम्म एक्स्पो २०१८ हुनेछ । ३ सयभन्दा बढी स्टल रहने यो एक्सपोमा  जलविद्युत प्रवद्र्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० बढी विदेशी स्टल रहने जनाइएको छ । 

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेको छ ।

साथै एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थीका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने जनाइएको छ ।

एक्स्पोलाई नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसन, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ । साथै नेपाल टनेलिङ एशोसिएशन, नेपालजर्मन चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग छ । यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप