शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘बिन्दास लाइफ’

बुधबार, ०४ असोज २०७४, १७ : ४२
बुधबार, ०४ असोज २०७४

काठमाडौं – २१ पुसबाट सार्वजनिक प्रदर्शनमा आउँने चलचित्र ‘बिन्दास लाइफ’का फष्टलुक सार्वजनिक गरिएको छ । पोष्टरका तीन फरक डिजाइन निर्माण युनिटले फष्टलुकका रुपमा सार्वजनिक गरेको हो । 


सार्वजनिक फष्टलुकको एक पोष्टरमा अभिनेत्री सपना लामिछाने निकै हट अवतारमा देखिएकी छन् । बाँकी दुईमा चलचित्रका हिरोका साथ उनी सामान्य अवतारमा देखिएकी छन् ।


राजु गिरीले निर्देशन गरेको चलचित्रमा प्रथम खड्का, चिरन अधिकारी साथै सपना लामिछानको मुख्य भुमिका रहेको छ । चलचित्रको केही पहिले टिजर र गीत सार्वजनिक भएको थियो । दुबै दर्शकको रोजाइमा पर्न सफल भएको छ । 


त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र यो चलचित्र अहिले प्राबिधिक कार्यको अन्तिम चरणमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप