मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आयल निगम कार्यकारी निर्देशकमा आचार्य

बुधबार, ०४ असोज २०७४, १८ : ४६
बुधबार, ०४ असोज २०७४

काठमाडौं–  आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी प्रेम आचार्यलाई दिएको छ । गोपाल बहादुर खड्कालाई बर्खास्त गरेपछि आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि आचार्यलाई कार्र्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

२०३७ सालमा सुर्खेतको चौकुने गाउँपालिका (साविकको गुटु गाविस–४) मा जन्मेका आचार्य २० वर्षको उमेरमा निजामति सेवा प्रवेश गरेका हुन् । २०५७ आस्विन ३ गते खरीदारबाट निजामति सेवा प्रवेश गरेका उनी जिल्ला सहकारी कार्यालय सुर्खेतमा कार्यरत थिए । दुई वर्षपछि २०५९ सालमा नायव सुब्बामा नाम निकालेपछि उनी लोकसेवा आयोग अन्तर्गतका विभिन्न कार्यालय बसे । 

शुरुमा लोकसेवाको जुम्ला कार्यालय, त्यसपछि दाङ्ग र केन्द्रीय कार्यालय अनामनगर बसेका उनी ७ वर्षपछि अधिकृतमा नाम निकालेर अर्थ मन्त्रालय अन्तर्गतको आन्तरीक राजश्व विभागमा काम गरे । सात वर्ष राजस्वमा काम गरेर उनले गतवर्ष २०७३ जेठ १८ मा उपसविचमा नाम निकालेका थिए ।

उपसविच भएपछि आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख रहेर काम गरे । जनप्रशासन र ग्रामीण विकासमा स्नातकोत्तर आचार्य आपूर्ति मन्त्रालयको बुधबारको निर्णय अनुसार आयल निगमको कार्यकारी निर्देशक बनेका छन् । आचार्यका २ भाइ पनि निजामति सेवामै छन् । आचार्यले शुक्रबारदेखि कार्यकारी निर्देशकको रुपमा कार्यभार सम्हाल्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप