आयल निगम कार्यकारी निर्देशकमा आचार्य
काठमाडौं– आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी प्रेम आचार्यलाई दिएको छ । गोपाल बहादुर खड्कालाई बर्खास्त गरेपछि आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि आचार्यलाई कार्र्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
२०३७ सालमा सुर्खेतको चौकुने गाउँपालिका (साविकको गुटु गाविस–४) मा जन्मेका आचार्य २० वर्षको उमेरमा निजामति सेवा प्रवेश गरेका हुन् । २०५७ आस्विन ३ गते खरीदारबाट निजामति सेवा प्रवेश गरेका उनी जिल्ला सहकारी कार्यालय सुर्खेतमा कार्यरत थिए । दुई वर्षपछि २०५९ सालमा नायव सुब्बामा नाम निकालेपछि उनी लोकसेवा आयोग अन्तर्गतका विभिन्न कार्यालय बसे ।
शुरुमा लोकसेवाको जुम्ला कार्यालय, त्यसपछि दाङ्ग र केन्द्रीय कार्यालय अनामनगर बसेका उनी ७ वर्षपछि अधिकृतमा नाम निकालेर अर्थ मन्त्रालय अन्तर्गतको आन्तरीक राजश्व विभागमा काम गरे । सात वर्ष राजस्वमा काम गरेर उनले गतवर्ष २०७३ जेठ १८ मा उपसविचमा नाम निकालेका थिए ।
उपसविच भएपछि आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख रहेर काम गरे । जनप्रशासन र ग्रामीण विकासमा स्नातकोत्तर आचार्य आपूर्ति मन्त्रालयको बुधबारको निर्णय अनुसार आयल निगमको कार्यकारी निर्देशक बनेका छन् । आचार्यका २ भाइ पनि निजामति सेवामै छन् । आचार्यले शुक्रबारदेखि कार्यकारी निर्देशकको रुपमा कार्यभार सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर