बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुरुचीले पहिरिन् ‘मिसेस नेपाल इन्टरनेशनल’को ताज

बुधबार, ०४ असोज २०७४, २० : ०१
बुधबार, ०४ असोज २०७४

काठमाडौं– मैतीदेवीकी काठमाडौकी सुरुची पाण्डेले ‘मिसेस नेपाल इन्टरनेशनल’को ताज चुमेकी छन् । ३८ स्पर्धिालाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

रिवन इन्टरनेटमेन्ट प्रालिद्धारा मंगलबार राती भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आयोजित अन्तिम स्पर्धामा उनले मोष्टट्यालेन्ट र वेष्ट क्याटवाकको उपाधिम समेत हात पारेकी छन् । अब उनले अमेरिकामा हुने मिसेस इन्टरनेशनल २०१७ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा उनलाई रमन मोर्टसको काइट प्लस स्कुटरका साथै अन्य गिफ्ट पनि हात लाग्यो ।

बिबाहित महिलाहरु बिचको स्पर्धा हुने प्रतियोगीतामा रविभवनकी बैंकर्स यसोदा पोखरेल फस्ट रनर्सअप र भक्तपुरकी प्रतिज्ञा राई सेकेण्ड रनर्सअप भए । यी दुबैले क्रमश वेष्ट स्पिच र वेस्ट फिजिक उपाधि पनि जिते ।

सम्झना त्रिपाठी थर्ड रनर्सअपका साथमा सोसल वेलफेर एम्वेस्डर भए भने पुरानो वानेश्वरकी ज्योति दाहाल पनेरु फोर्थ रनर्सअप र सीता ओली मष्ट पपुलर भइन्।

अभिनेता रमेश उप्रेती, आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा.जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेशनल २०१५की बिजेता सविता लामिछाने प्रतियोगतिाको निर्णायक रहेका थिए ।

प्रतियोगितामा गुञ्जना ढुङ्गागाना वेष्ट पर्सनालिटी, सुमित्रा कट्टेल वेस्ट स्कीन, जलता खनाल आचार्य वेस्ट हेयर, इशा भट्टराई व्यूटी विथ पर्पस, रिता सिंह रिमाल फेसबुक च्वाईस, अन्विसा शेर्पा मिसेस बब्ली फेस, रेनु श्रेष्ठ मर्हजन भिवर्स च्वाईस, लक्ष्मी तिमल्सीना मष्ट फोटोजेनिक, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, सस्मिना राउत वेस्ट स्माइल, पुजा लामा कुँवर फेशन आईकन, सर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ म्यानेजमेन्ट च्वाईस तथा सोभा शाक्य वेस्ट डिसिप्लीन भएका थिए ।

रमेशराज भट्टराई र ध्रुब विस्कोले गीत र प्रिति कार्कीले नृत्य प्रस्तुत गरेको कार्यक्रमको कोरियोग्राफर अश्विनी झा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप