बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलबस्तु शिवराज नगरको ७० करोड ७ लाखको वजेट

बुधबार, ०४ असोज २०७४, २० : १६
बुधबार, ०४ असोज २०७४

माधव बेल्वासे
कपिलबस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ ।

 सभाका अध्यक्ष तथा नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले आ व २०७४/७५ को लागि ७० करोड ७ लाख वरावरको वजेट प्रस्तुत गरेका छन् । जसमा आयतर्फ अनुमानित आन्तरिक राजस्व वाट ३ करोड, मौज्दात तथा अन्य आयवाट ३ करोड २ लाख, आन्तरिक स्रोतवाट ६ करोड २ लाख, नेपाल सरकारवाट प्राप्त हुने वित्तिय अनुदान ३४ करोड ७६ लाख ३ हजार, नेपाल सरकारवाट प्राप्त हुने सर्शत अनुदान १५ करोड ३८ लाख ९७ हजार, सामाजिक सुरक्षा अनुदानवाट १२ करोड र वाह्य स्रोतवाट ६४ करोड ५ लाख वरावर आय अनुमानित आय प्रस्तुत गरिएको हो । 


यस आर्थिक वर्षमा नगरपालिकालाई समृद्धि, सेवा प्रवाहमा उत्कृट वनाउन उद्देश्यका साथ कृषि, शिक्षा, स्वास्थ्य,पर्यटन,खानेपानि लगायतलाई विशेष प्रथमिकतामा राखिएको नगरप्रमुख अधिकारीले बताए । यसै गरि नगरपालिकाले हरेक वर्ष नगरभित्रका उत्कृट करदाता, जेष्ठ नागरिक, कर्मचारी, पत्रकार, विद्यार्थि, योजना वर्ष, साहित्य कला सस्कृति सम्मान गरि हौसला प्रदान गरिने नगर प्रमुख अधिकारीले बताए । 


ऐतिहासिक र पर्यटकीय क्षेत्र रहेको शिवराज नगरपालिकामा पुर्वाधार तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख अधिकारी बताए  । नगर क्षेत्रभित्र रहेका सडकहरुको ब्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात संजालको बिस्तार गरिने जनाइएको छ ।


त्यस्तै सभाको उद्धघाटन गर्दै पुर्व सास्कृतिक पर्यटन तथा उड्यान मन्त्रि प्रदिप ज्ञावलीले योजनाहरुलाई कार्यन्वयन गर्नुपर्ने बताए । नगरका यि योजनाहरुलाई जनताहरुले सहयोग गरेमा शिवराज नगरपालिका एक समृद्ध नगरपालिका हुने बताए । अहिले सविधानले जनतालाई अधिकार सम्पन्न गराएको भन्दै गाउ गाउमा स्थानिय सरकार रहेको जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप