
दुबई सरकारद्वारा नेपाली क्युआरएफ टिम सम्मानित

युएईको दुबईमा नेपाली क्युआरएफ टिम सम्मानित भएको छ।कोभिड-१९ को विषम परिस्थितिमा पनि दुबई सरकारको सहकार्यमा युएईमा रहेका नेपालीहरुलाई सहयोग र उद्वार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै दुबई सरकारले सम्मान गरेको हो।
कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको बेला आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी महिनौंसम्म युएईमा रहेका नेपालीको उद्दार तथा सहयोगमा अहोरात्र खट्ने एनआरएनए एनसीसी युएईको क्युआरएफ टिमका सदस्यहरुलाई दुबई सरकारले उनीहरुको योगदानको कदर गर्दै विशेष सम्मान गरेको हो।
दुबई सरकारको तर्फबाट युवराज शेख हम्दान विन रासिद अल मक्तुमले एनआरएनए एनसीसी युएईको क्युआरएफ टिमका सदस्यहरुलाई तक्मा सहित प्रशंसा पत्र दिएका थिए भने वतनी अल-इमारात फाउन्डेसनले कदर पत्र सहित सम्मानित गरेको थियो।
सम्मानित हुनेहरुमा एनआरएनए,एनसीसी युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक पासाङ शेर्पा, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरला,कोषाध्यक्ष विकास साही, युवा संयोजक मदन अधिकारी, महिला संयोजक शोभा शर्मा, सदस्य सुजन सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक टंक थापा मगर, नेपाल मगर संघ शाखा युएईकी सुनिता थापा मगर,अमन थापा मगर, शेर्पा किदुग युएईकी युडेन शेर्पा र रमेश गौतम छन्।
कोभिड-१९ को जटिल समयमा युएईमा २४ सै घन्टा हिँडडुलमा प्रतिवन्ध लगाइएको बेलामा दुबई प्रहरीले एनआरएनए एनसीसी युएईका उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय क्युआरएफ टिम बनाइ इमिरेट्स अफ दुबईमा कोभिड-१९ ले प्रभावित नेपालीहरुको विवरण लिइ आवश्यक राहत सहयोग गर्न अनुमती दिइएको थियो।
यसै क्रममा एनआरएनए एनसीसी युएईको क्युआरएफ टिमले कोभिड-१९ ले समस्यामा परेका दशौं हजार नेपाली श्रमिकहरुलाई विभिन्न दाताहरुको सहयोगमा ८० टन भन्दा बढी खाद्यान्न वितरण गरेको थियो भने सयौं कोरोना पीडित नेपालीहरुलाई आवश्यक परामर्श दिई नेपाल फर्कने ब्यबस्था मिलाएको थियो।
यस सम्मानले आगामी दिनमा प्रवासमा दु:खमा रहेका नेपालीहरुको उद्दार तथा सहयोगमा थप जोश जाँगर र हौसला मिलेको एनआरएनए एनसीसी युएईको क्युआरएफ टिम संयोजक पासाङ शेर्पाले बताए।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Nov. 14, 2020, 1:45 p.m. Ram BaniyaI want to also participate with you and want to do social work for humanity. Please don't forget to contact me at this email address or phone 0526877093
- 0 Reply