सिरहाको कर्जन्हा नगरपालिकाबाट माओवादीको पहिलो खाता
मेयर र उममेयर दुवै माओवादी विजयी
सिरहा– नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट पहिलो खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको छ ।
माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार एक सय ९० मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ ४ हजार ३ सय १६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । श्रेष्ठकी निकटमत प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अन्जुकुमारी रायले २ हजार ९ सय ४५ मत प्राप्त गरिन् ।
कर्जन्हा नगरपालिकाको वडा २ र ६ मा एमालेमा उम्मेदवार विजयी भएका छन् भने अन्य सबै वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
१५ हजार ७ सय ७४ मतदाता रहेको यो नगरपालिकामा १२ हजार १ सय ६२ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट