बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिलिमेलाई पाँच सय ८५ को लाइसेन्स

बिहीबार, ०५ असोज २०७४, ०६ : ३१
बिहीबार, ०५ असोज २०७४

चिलिमे जलविद्युत कम्पनीले ५ सय ८५ मेगावाट करनकका दुई जलविद्युत आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स) पाएको खबर आजको कारोबारमा छ ।

कम्पनीले पाँच जलविद्युत आयोजनाका लागि उर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी-३ को सर्भे लाइसेन्स दिएको छ ।

चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले उर्जा मन्त्रालयले दुई जलविद्युत आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप