शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङमा आगलागी : एकै घरका चार जनाको मृत्यु

बिहीबार, ०५ असोज २०७४, ०७ : २६
बिहीबार, ०५ असोज २०७४

मोरङको कानेपोखरी ३ मा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

स्थानीय चन्द्रकुमार राईको घरमा आगलागी भएको हो ।  

मृत्यु हुनेमा चन्द्रकुमार राई, उनकी आमा गंगामाया राई,  बहिनी बिष्णुमाया राई र श्रीमती पार्वता राई रहेका छन् ।

विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गएराति भएको आगलागीबाट राईको काठको घर पूर्ण रुपमा क्षति पुगेको प्रहरीले बताएको छ । 

घटनाको थप विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप